सामान्य विशाल “चर्चित गायक एवं संगितकार विशाल काल्तान” कसरी ? “संघर्ष, अविस्मरणीय क्षण, सफलता”

0
672

९ मंसिर २०७६, काठमाडौं
प्रीतम कुमार तामाङ
कुनै बिशेष भाषीको सांगीतिक बजार पनि साँच्चै नै सानो अर्थात् सिमित हुने गर्दछन । सुन्ने श्रोता अनि हेर्ने दर्शक समेत सिमित हुने नै भयो । यसको कारण त्यो भाषाको ज्ञान वा बुझ्नेहरु पनि सिमित हुनु हो । तर कुनै कुनै गितसंगितले कुनै भाषा बिशेषलाई मात्र आकर्षण गर्दैनन् यसले सुन्ने जो कोहिको मन मस्तिष्कलाई समेत मन्त्रमुग्द पार्ने गर्छन ।

हो, यस्तैमा नेपाली सांगीतिक बजारमा ठुलै क्षेत्र तामाङ भाषाको गित संगितले ओगटेको छ । तामाङ सेलोको धुन बिश्वले मन पराउँछन पनि । जब सेलोको धुन बज्न थाल्छन जो कोहिलाई नाचुँ नाचुँ लाग्ने हुन्छ ।

जादुमयी स्वरका धनी सेलो स्टार विशाल काल्तानको “गादे जेबा जामे” गित तामाङ समुदायको ठेट तामाङ भाषामै शब्द रहेको एक मात्र तामाङ गित जो तामाङ समाजको मात्र नभै अन्य भाषीहरुमा समेत हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा धेरैपटक हेरिएको तामाङ गीत सावित भएको छ । जुन गितले हाल सम्ममा लगभग २४ लाख भ्युज पाईसकेका छन् । ३ मिनेट २३ सेकेन्ड को गितको भिडियोलाई सुरु भएदेखी अन्त्य सम्म हेर्नलाई आनन्द आउने दृश्य अनि अभिनय छन् जसले गर्दा पनि भिडियोलाई अत्यन्तै रुचाएको अर्को पाटो हो । झट्ट सुन्दा सामान्य लागे पनि तामाङ नै शब्दमा अहिले सम्मको इतिहासमा सबैभन्दा बढी युट्युब भ्युज पाएको पहिलो गित नै यो बनेको छ ।

लोकप्रियताको शिखर चुम्न सफल “गादे जेबा” मा त्यस्तो के छ ? जसले तामाङ भाषीलाई मात्र होइन कि अन्य संगितको पारखीहरुलाई समेत यसको तालमा झुमाए ? नचाए ?

‘गादे जेबा’ ले तामाङ संस्कृतिको वास्तविक ठट्यौली भावलाई प्रस्तुत गरेको छ । जहाँ आस्याङ आङीको छोराछोरी बिचको प्रेमिलो हेराई र सम्बन्धको वर्णन गर्छ, जो मौलिक छ, सांस्कृतिक  छ, तामाङपन झल्किएको छ ।

गीतको पहिलो अनुच्छेदमा यस्तो शब्द समेटिएको छ ।

‘गादे जेबा जामे गादे छार्जिम होई पोङ्दी नाम्सा ला आस्याङ ला,

वाला वाला ग्राम्बाई गादे जेबा, तोर तोर ल्हा ला स्याउ ह्राङ्बा,

जसको अर्थ;

कति राम्री छोरी हुर्केछ, पोङ्दी गाउँको आस्याङको
रातो रातो गाला कति राम्रो, माथी माथी लेकको स्याउ जस्तो ,,

यस गितको अर्थ लगाउँदा तामाङ जातीको मौलिक सुन्दरतालाई शब्दले समेटिएको छ । तामाङ जाती भित्रको आस्याङ आङीको छोरा छोरी बिचको सम्बन्धलाई दर्शाएको छ । यो गित जब स्टेजमा गुन्जिन थाल्छ तब चौरमा धुलो उड्न थाल्छन । नाच्नै जान्दिन भन्नेहरु उफ्रिन बाध्य हुन्छन् । तामाङ भाषै नजान्नेले समेत शब्दहरु संग संगै गाउन थाल्छन । यसरी सबैको मुखमा शब्द जुन्डिनुमा यसमा प्रयोग भएको शब्द सजिलो अनि ठेट नै हो भन्न सकिन्छ । जो जिस्किँदा, ठट्यौली खेल्दा बढी प्रयोग हुन्छन ।

|| गादे जेबा छामे गितले सामान्य विशाल काल्तानलाई कसरी गायक विशाल काल्तान बनाए ? किन मान्छन् त वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङलाई आफ्नो आईडल गुरु ?  ||

कसरी जुर्यो त विशाल काल्तानलाई यो गित ? जुन गितले उनलाई एउटा लोभ लाग्दो उचाई दियो, स्टेज दियो, लाखौं दर्शकको माया दियो । एक सामान्य बिशाल काल्तानलाई गायक विशाल काल्तान कसरी बनाईदियो ? मुस्कुराउँदै उहाँ यसो भन्छन् ।

“मेरो गित संगित को यात्राको शुरु शुरुको गित हो “गादे जेबा जामे” । यो गित मेरो आदरणीय गुरु बरिष्ट गायक तथा संगितकार चन्द्र कुमार दोङ ले लेख्नु भएको र संगित गर्नु भएको गित हो ।  चन्द्र दाई संग म्युजिक सिक्ने क्रम संग संगै उहाँले मलाई बनाउनु भएको गित हो यो । सरल र समाजमा साधारण तय बोलिने शब्द हरुलाई समेटेर लेखेको यो गित सबैले मन पराउनु भएको छ । एउटा साधारण बिशाल काल्तानलाई गायक बिशाल काल्तान भनेर शुरुमा चिनाउने गित हो यो । “

हो, साँच्चै पनि उनलाई सुरुमा एउटा गायकको रुपमा चिनाएको गित नै यहि सावित भएको थियो । यो गित उनको पहिलो एल्बम “मेलवान” मा समेटिएको छ । यो गित आफ्नो गुरुले आफ्नो लागि कोरेको र संगित भरेकोले यसै गितले उनको सांगीतिक करिअरमा एउटा महत्वपूर्ण खुड्किलो भएकोले पनि आफ्नो गुरु चन्द्र कुमार प्रती अत्यन्तै आदारभाव देख्छन् उनमा । जुन सुकै स्टेजमा होस् या विभिन्न अन्तरवार्ताहरुमा कहिल्यै बिर्सन्नन आफ्न गुरुलाई उनले । सायद उनको सांगीतिक सफलताको राज एउटा यो पनि हुन सक्छ कि आफ्नो गुरु प्रतिको आदार सम्मान ।

|| गादे जेबा हिट पश्चात् लागेको सांगीतिक कामको लर्को र आफ्नै गुरुलाई आफ्नो संगितमा भोकल लिँदाको नबिर्सने अविस्मरणीय क्षण ||

गादे जेबा जामे कादे हिट भए पछि साधारण बिशाल काल्तान जब एउटा गायक बिशाल काल्तान त भए । त्यस पछिका सांगितिक यात्र सुखद अनि प्रशांस योग्य हुदै गए उनको ।

पहिलो एल्बम ” मेलवान” मा समाबेश गादे जेबा जामे कादे गित को चर्चा संग संगै  तामाङ चलचित्र संगितमा प्रबेश पनि पायो ।  जेनिश दोङ को तामाङ चलचित्र “ह्युल्ला माया” बाट चलचित्र क्षेत्रमा संगितको यात्रा शुरु गरेको बिशालले अहिले सम्ममा लगभग २ दर्जन भन्दा धेरै तामाङ चलचित्रहरुमा शब्द, स्वर अनि संगित दिईसकेका छन् । अहिले विशाल बिनाको तामाङ चलचित्रको गित अनि संगितको कल्पना समेत गर्न गाह्रो भैसकेको छ । जब तामाङ चलचित्रको कुरा अगाडी आउँछन तब बिशालको त्यो जादुमयी स्वर अनि मन्त्रमुग्द पार्ने संगितको खोजी हरेक निर्माता, अनि श्रोता दर्शकले खोज्न थालीहाल्छन ।

गित संगितमा अगाडी बढ्ने क्रममा स्वर संगै उनले आफैले शब्द लेख्ने, संगित भर्ने काम पनि गरे । यसै क्रममा तामाङ चलचित्रमा धेरै काम गर्ने मौका जुर्यो । चलचित्रको संगित गर्ने क्रम संगै पोखराको साथिहरु ले तामाङ चलचित्र “एला मायासे” निर्माण गर्न लाग्नु भएको रहेछ । मलाई गित लेख्ने र संगित गर्ने जिम्मा दिनु भो । संगै उहांहरुले गित चाँही चन्द्र कुमार दोङ र ईन्दिरा गोले को स्वर हुनु पर्छ है भन्नु भो । मैले गित पनि लेखे संगित पनि भरे तर चन्द्र दाई लाई भने उहां स्टुडियोमा आउनु भयो, तर मैले उहांलाई स्टुडियोमा भोकल टेक लिनै सकिन । मलाई एकदम असहज महशुस भयो । अन्ततः मैले टेक लिनै सकिन दाई आफैले मिलाएर गाउनु भनेंर अनुरोध गरें र उहाँले त्यसै गर्नुभयो । जुन क्षण उनलाई जुनसुकै गितको लागी  स्टुडियोमा रेकर्ड गर्न जाँदा साँधै याद आउने सुनाउँछन् ।” जुन उनको लागि जिवनको एक अविस्मरणीय क्षण समेत मान्छन् । उक्त गितको बोल “दिङ्गिरि खाबा ल्होछार मेला च्याबारि ङा खाबा” हो । यो गितलाई तामाङ समाजमा एक सदाबहार गितको रुपमा समेत लिन सकिन्छ ।

|| तामाङ सेलो गित संगितको क्षेत्रमा चन्द्र कुमार दोङको संगित युग पश्चात् विशाल काल्तान युगको चर्चा ||

रहर अनि गित संगितमा केहि गर्छु भन्ने ईच्छा बोकेर यो क्षेत्र आएको बिशाल काल्तान आज तामाङ कला अनि सांगीतिक क्षेत्रको सबै भन्दा ब्यस्त अनि सबै भन्दा चर्चामा रहिरहेको गायक तथा संगितकार भएको छ । यसको कारण चन्द्र कुमार दोङको संगितमा केन्द्रीत तामाङ सेलोका पारखीहरु पछि विशाल काल्तानको संगितलाई त्यतिकै रुचाउन थाल्नु हो । सेलो संगितमा उनले अर्को नयाँ आयाम ल्याउन सफल भयो । सेलो पप प्याटर्नमा नयाँ युवा पुस्तालाई चुम्बकले झैं तान्न सफल भयो । त्यो मात्र हैन उनले तामाङ आईटम गित, तामाङ प्रेम गित, जागरण अनि ल्होछार गितहरु समेत फरक तरिकाले बजारमा श्रोता दर्शक माझ ल्याए । यसरी उनलाई यो स्थानमा पुर्याउन सफल उनका स्वर अनि संगितमा सजिएको चलचित्रको तल चर्चा गरिएको छ ।

उनले स्वर अनि संगित दिएका तामाङ चलचित्रहरु यति हिट भए कि सायद उनकै गितको भिडियो मात्र हेर्न भएपनी दर्शक फिल्म शो हुने दिन लाईन लाग्न बाध्य भयो । चलचित्र ह्युल्ला माया, दोर्जे डन, मायासे लासि, सेमला नाङ्साल, ह्युल्ला कानुन, मायासे लासि २, म्लाङ प्वाहार, घ्रान लगायत धेरै चलचित्र हरु चर्चामा रहे ।

ह्युल्ला माया चलचित्रमा समाबेश गित “ल्होछार दाङ्गे” पछि अरु चलचित्रको धेरै गितलाई दर्शाक स्रोताले धेरै भन्दा धेरै मन पराए । मादलै बज्यो झ्याउरेको धुन, डम्फु जोला पिङ चरा, पिङ चरासे तिला चाला, डम डम ल है डम्फु बज्यो नि, सुखै गाङ्साल लाला माया, मैना मैना, नक्कलि कान्छिला सक्कलि सेम, तिङ मि ढुक ढुक, सानु एला मायासे” लगायत धेरै गितहरु लाई दर्शक श्रोताले अत्यन्तै मन पराए । गायक बिशाल काल्तान लाई यि गित अनि चलचित्र हरुले चर्चित गायक एवं संगितकार बिशाल काल्तान बनाए ।

यो गित हरु संग संगै एल्बमका गित हरु पनि स्रोताहरुले मन पराए । जस्तै अलि अलि माया अलि प्रित, ढल्कियो जोवान,  म त गाउछु नि सेलोमा लगायत थुप्रै गितहरुले स्टेज त्यतिकै तताए ।

यस अर्थमा पनि तामाङ गित संगितमा एउटा नयाँ आयाम, नयाँ कोसेढुंगाको रुपमा बिशाल काल्तानलाई मान्न र एउटा नयाँ युग उनैले ल्याएको हो भन्ने कुरामा अहिले कसैको दुई मत नहोला । पछिल्लो चरणमा तामाङ गित संगितलाई छुट्टै फिल्मि प्रेमगित लाई बजारमा ल्याएर बिशाल नाम लाई अझै बिशाल बनाईदिएको छ । एकपछी अर्को गर्दै उनको तामाङ प्रेम गितहरु स्टेज, हरेकको मोबाईल, टिकटक अनि युट्युबमा तहल्का मच्चाउन सफल छन् ।

जब बिशाल काल्तान नाम आउछ तब तामाङ प्रेमगितहरु ङाला मायाला रंग एमि, एदा थुर्ला ङाई लाबा दोसि, जब माया बुजि लगायत धेरै गित हरुको याद आइहाल्छन् ।

संगितको क्षेत्रबाट उहाँले हाल सम्ममा दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड २०७१ तामाङ फिल्म ” ह्युल्ला माया” बाट सर्बोउत्कृष्ट संगितकारको अवार्ड पाउन सफल भैसकेको छ । साथै स्टेज कार्यक्रमको लागि भ्याई नभ्याई हुने काल्तान कार्यक्रमकै शिलशिलामा नेपालका अधिकांश ठाउँका साथै भारत, जापान, युएई, दक्षिण कोरिया, इजरायल, कतार, बहाराईन जस्ता थुप्रै देशहरुमा समेत पुगिसकेको छ ।

गादे जेबा भिडियो :

(*तामाङ समाजका चर्चित गायक एवं संगितकार विशाल काल्तान संग लामो चिनजान, संगत, धेरै स्टेजहरुमा संगै भेट र धेरै पटकको चिया गफ संगै तयार पारिएको एउटा सानो छोटो उहाँको सांगीतिक यात्रालाई समेट्ने कोशिस मात्र । यसमा केही बढी या केहि कमि पनि हुन सकिएला जसको लागि यहाँहरुले माफी अनि कमेन्ट पनि गर्न सक्नुहुनेछ । थुजेछे । गोल्चे सन्चारका सम्पादक एवं संचालक प्रीतम कुमार तामाङ (गोले)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here