वासडोलमा ज्याङछ्युप छ्योर्तेन स्तूपको प्राण प्रतिष्ठा समापन

0
294

९ मंसिर २०७६, काभ्रे

मानकाजी पाख्रीन

काठमाडौबाट २३ किलोमीटरको  दुरीमा रहेको ऐतिहासिक क्षेत्र काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं-१२ (साबिक महेन्द्रज्योती गाबिस ) स्थित तामाङहरुको बाक्लो बस्ती ( जहाँ न्ह्यसुर र पाख्रीनहरुले आफ्नो किपट थलो मानि आएको छ )  रहेको बासडोलको गोठडाँडा र  ठूलो गाउँको चिहान डाँडामा ज्याङ्छ्युप छ्योर्तेन (स्तुप)को लामा गुरु तथा ललितपुर कालेश्वर गुम्बाका प्रमुख रिन्पोछे गेशे निमा लामाको प्रमुख अतिथि तथा स्थानीय लामाहरुको सहभागितामा बौद्ध परम्परा अनुसार पुजा गरि प्राण प्रतिष्ठा गरियो ।

वासडोलका युवा तथा समाज सेवी श्रीकृष्ण लामा तामाङको एकल लगानीमा निर्मित उक्त छ्योर्तेन निर्माण गर्न रु ३० लाख लगानी भएको र छ्योर्तेन (स्तुप)मा उष्णिय विमल प्रभाको केन्द्र मेरुदण्ड (सोक्सिङ) र त्यसमा आशन दुई बिमल स्तुपको साथै स्वच्छ बौद्ध पुजाका सामग्रीहरु लगायत राखी बौद्ध विधि विधान अनुसार पुजा गरेको निर्माण कर्ता  श्रीकृष्णले बताउनु भयो ।

स्तुपको प्राण प्रतिष्ठा पश्चात् अब भिजिट नेपाल २०२० को अबसरलाई मध्यनजर गर्दै वासडोलको तामाङ गाउँलाई ग्राम पर्यटनको रुपमा विकास गर्ने हेतुले जनवरीमा एउटा बृहत कार्यक्रम गरिने र उक्त कार्यक्रममा नेपाली मातृभाषाका साहित्यकारका साथै समाजसेवी, पत्रकार, बुद्धिजीवी र राजनीतिज्ञहरुलाई  निमन्त्रणा गरिने समाज सेवी श्रीकृष्ण लामाले बताउनु भयो । साथै उक्त कार्यक्रममा अनुसन्धान कर्ता रविन्द्र तामाङले तयार गर्नु पार्नु भएको पुस्तक वासडोलका तामाङहरु नामक पुस्तक विमोचन गरिने पनि जानकारी दिनु भयो । पुस्तकले वासटोलमा रहेका तामाङहरुको इतिहास संस्कृतिहरुको बारेमा विशेष समेटिएर तयार पारेको तामाङले जानकारी दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here