पैरवी पत्रकारिता २०१९ द्वारा सिन्धुका चित्र कुमार मिजार सम्मानित

0
54

१ मंसिर २०७६, काठमाडौं
हरेक वर्ष दलित, सिमान्तकृत, पिछडिएका वर्ग, समुदायका लागि पत्रकारीता क्षेत्रवाट योगदान गरेका पत्रकारलाई सम्मान गर्ने क्रममा यो वर्ष मिडिया एड्भोकेसी नेपालले पैरवी पत्रकारिता २०१९ को शिर्षकमा सिन्धुपाल्चोकका पत्रकार चित्र कुमार मिजारलाई  सम्मानित गरेको छ ।

गएको शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय मोहना  अन्सारीले पत्रकार मिजारलाई दश हजार राशी सहित उक्त पुरस्कारबाट सम्मान गरिएकाे हाे ।

२०६० सालदेखि पत्रकारीतामा सक्रिय रहेका मिजार खोजमुलक र पीडितको आवाजको रुपमा भुमिका निभाएको भन्दै फोरमले यो वर्ष मिजारलाई खोजमुलक र पीडितको आवाजको रुपमा उक्त सम्मान गरेको हो । मोफसलमा पत्रकारीता गर्दै आएका मिजार गोरखापत्र दैनिकका संवाददाता हुन् भने सिन्धुपाल्चोकबाट प्रकाशित हुने पत्रिका सिन्धु बुलन्द साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

सेलो तारेभुम सुन्नको लागि तल क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here