MAF नेपालले “अल्पसंख्यक, उत्पीडनको कारक र पैरवीका आयाम” विषयमा ६ बुँदे घोषणा पत्र जारी

0
114

२९ कार्तिक २०७६, काठमाडौं
मिडिया एड्भोकेसि फोरम नेपालले आज बानेश्वरमा “नेपालको वर्तमान सन्दर्भमा अल्पसंख्यक समुदायमाथी उत्पिडनका कारकहरु र पैरवीका आयामहरु” विषयक एक दिने अन्तरक्रिया साथै ६ बुँदे काठमाडौं घोषणा पत्र समेत जारी कार्यक्रम समापन गरे ।

 मानवअधिकार आयोगका सदस्य माननीय मोहना अन्सारीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघ संस्था संग सम्बन्धित व्यक्तित्वहरुको बिशेष रुपमा बाक्लो उपस्थिति रह्यो । कार्यक्रमलाई अघि बढाउदै माफ नेपालको अवधारणा तथा परिचयात्मक भिडियो समेत प्रस्तुत गरे । साथै विषयमा केन्द्रित रहि एड्भोकेट भबिन्द्र राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्र माथि उपस्थित सम्बन्धित संघ संस्थाका व्यक्तित्वहरुले टिप्पणी सहितको मन्तव्य प्रस्तुत गरे । टिप्पणी प्रस्तुति पछि नेपालले सार्बभौम, धर्मनिरपेक्ष, संघिय, बहुदलिय, लोकतान्त्रिक मुलुक भएको कारण यसका सबै वासिन्दा र नागरिकहरुले आफ्नो आस्था अनुसार जीवन जिउन सक्छन् र सोका निम्ति सबैले सामान अवसर पाउनेछन भन्ने साझा मान्यता रहेपनी राजनितीक, सामाजिक तथा आर्थिक कारणले अझैपनी मुलुकमा विभेद, उत्पिडन र यातना कायमै रहिआएकोले श्रमिक, दलित, अल्पसंख्यक, बहिष्कृत, दुर्गम ठाउँका वासिन्दा, अपांगता भएका व्यक्तिहरु र फरक पहिचानका मानिसहरुले अझैपनी राज्यबाट न्याय संगत संरक्षण तथा पर्याप्त साथ सहयोग नपाएको हुनाले सो विभेदजन्य अवस्थाको अन्त्यको लागि एक्यवद्धताको लागि सहमत हुँदै ६ बुँदे घोषणापत्र जारी गरे ।

घोषणापत्र यस्तो रहेको छ ।
१) धार्मिक, सांस्कृतिक, जातिय भाषागत, भौगोलिक तथा शारीरिक, बौद्धिकताका कारण निरुत्साहित, बहिष्कृत र सीमान्तकृत व्यक्ती तथा समुदायको हित, संरक्षण र सम्बर्द्धनको लागि देशको संविधान र सम्पुर्ण ऐनकानुनहरुमा आज सम्म रहिआएको सम्पुर्ण विभेदकारीजन्य प्रावधानहरुलाई मुलकमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता एवं नेपाल राज्यले अंगिकार गरिसकेको मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र अनुरुप समयनुकुल परिमार्जन तथा संशोधन गर्न गराउन

२) धर्म तथा आस्थाको स्वतन्त्रतालाई एक बिश्वब्यापी नैसर्गिक अधिकारको रुपमा संरक्षण तथा प्रबर्द्धन गर्न गराउन

३) कुनै पनि व्यक्ती समुदाय बिशेषको लैंगिक, जातिय, धार्मिक, सांस्कृतिक, भौगोलिकता तथा खास शारीरिक बौद्धिक अवस्थाका आधारमा कोहिपनी कुनै किसिमको भेदभाव नराखी सबैका लागि समान रुपमा मौलिक हक अधिकारको ग्यारेन्टी गर्न गराउन,

४) हिंसा, उत्पिडन, विभेद, सिमान्तकृत तथा कुनैपनी दुष्प्रयत्नद्वारा कुनै व्यक्तिको मानवअधिकार उलंघन भै हिंसा वा उत्पिडनमा परेका व्यक्ती वा समुदायको पक्षमा साथमा हर्दै पिडक पक्षलाई जिम्मेवार बनाउन आवस्यक पहल गर्न, गराउन ।

५) यस क्षेत्रमा कार्यरत अन्य स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तरास्ट्रिय संघ संस्था अभियान या कृयाशिल अधिकारकर्मिहरु संग सहकार्य गर्न,

६) आम संचार तथा सुचना प्राविधिको माध्यम द्वारा अधिकार संरक्षण र पैरवीको निम्ति निरन्तर कृयाशिल रहन प्रतिबद्धता जाहेर गरेका छन ।

मिडिया एड्भोकेसी अवार्ड पत्रकार चित्र मिजारलाई
पत्रकारिताको माध्यमबाट जोखिमपूर्ण रुपमा दलित, उत्पीडित समुदायका विषयमा कलम चलाए बापत मिडिया एड्भोकेसी अवार्ड सन्चारकर्मी चित्र मिजारलाई प्रदान गरे । उहाँले १५ वर्ष देखि पत्रकारिता गर्दै आईरहेको छ । हाल गोरखापत्र दैनिकका संवाददाता, सिन्धु बुलंदका सम्पादक/प्रकाशकको रुपमा कार्य गर्दै आईरहनुभएको छ ।

कार्यक्रमका सभापतित्व MAF नेपालका संस्थापक अध्यक्ष विदुर अधिकारिले गर्नु भएको हो भने महासचिव निरोज तोलाङेले कार्यक्रम सन्चालन गर्नुभएको हो ।

तामाङ सेलो तारेभुम सुन्न तल क्लिक गर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here