आदिवासी पत्रकारहरुलाई सामाजिक संजाल प्रयोग र उपयोगिता बारे तालिम

0
62

२२ कार्तिक २०७६, काठमाण्डौं
इन्डिजेनस टिभि र IWGIA को संयुक्त आयोजनामा आज अनामनगरमा आदिवासी पत्रकारहरुलाई सामाजिक संजाल प्रयोग र उपयोगिता बारे तालिम दिए । तालिममा दर्जन बढी  मिडियाहरुमा आवद्ध पत्रकारहरुको उपस्थिति यियो ।

तालिम ईन्डिजेनस टेलिभिजनका सुर्य लामाले दिएका हुन । उहाँले सामाजिक संजाल खोल्ने देखि त्यसको प्रयोगलाई धेरै भन्दा धेरै उपयोग कसरी गर्न सकिन्छ भनेर करिब ३ घण्टा आईडियाहरु शेरिङ गर्नुभएको थियो । जसमा जिमेल, फेसबुक, युट्युब, ड्रपबक्स, गुगल ड्राईभ र ब्लग कसरी खोल्ने कसरी चलाउने भन्ने बारे तालिम बिशेष रुपमा दिए ।

तालिम लिन पाएका पत्रकारहरुले आफुलाई सोध्न चाहेको विषयहरुमा समेत छलफल गरे, जसले गर्दा सबैजना उत्साहित भए । तालिममा इन्डिजेनस टेलिभिजनका व्यबस्थापक जगत दोङ र म्हेन्दो लामा पनि उपस्थित थिए ।

तामाङ सेलो तारेभुम सुन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here