मिस तामाङ पोखरा २०२० को लागि फारम खुला, देशैभरबाट प्रतियोगी लिने

0
238

२० कार्तिक २०७६, पोखरा कास्की
पोखरामा बसोबास गर्दै आएका तामाङहरुको ठूलो संस्था बैदाम तामाङ सेवा समाजले यो वर्ष पाँचौ मिस तामाङ पोखरा २०२० आयोजना गर्ने भएको छ । जसको लागि फर्म दर्ता खुला गरेका छन् । यस प्रतियोगिताको लागि देशै भरका तामाङ चेलीहरुले भाग लिन पाउनेछन । समाजले पोखरामा तामाङ रितिसंस्कृती, भाषा, धर्म, भेषभुसा, कला आदिको संरक्षण र सम्बर्द्धनमा निरन्तर लागि पर्दै आईरहेका छन । यसैको एक कडी हो मिस तामाङ पोखरा । यो वर्ष पोखरा सिटि हल, सभागृह चोकमा फाइनल हुनेछ । जहाँ गुम्बा निर्माण सहयोगार्थ ल्होछार सांगितिक मेला समेत हुने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिनुभएको छ ।

आखिर किन मिस तामाङ पोखरामा भाग लिने वा लिन लगाउने ? यसो भन्छिन् मिस तामाङ पोखराका को-अर्डिनेटर अर्थात २०१८ का बिजेता कविता योन्जन तामाङ । “एक नारी जब शिक्षित हुन्छे उसको परिवार पनि शिक्षित बनाउछे । जब परिवार शिक्षित हुन्छ तब समाज र राष्ट्र नै शिक्षित बन्न सक्छ । यसरी परिवर्तन गर्न सक्ने असीमित शक्ति नारीमा लुकेको हुन्छ । नारी प्रकृतिको वरदान हो जसले जन्मघर र कर्म घरलाई समेत स्वर्ग बनाउछ । त्यसैले घर, समाज, देश र विश्वलाई नै अगाडि बढाउन नारिको ठूलो भुमिका रहेको हुन्छ । नारी शिक्षा, सशक्तीकरण, सक्षमता र साक्षरता आजको युगमा ठूलो महत्व राख्दछ ।

नारीलाई निकै महत्वपूर्ण स्थान दिने तामाङ जातीको छोरी चेलीहरुको व्यक्तित्व र नेतृत्व विकास गरि उनिहरुको प्रतिभालाई प्रस्फुटन गर्न हरेक वर्षझैँ यो वर्ष पनि बैदाम तामाङ सेवा समाजले विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ५ औँ मिस तामाङ पोखरा २०२० यहि माघ ४ गते आयोजना गर्दैछ । यति मात्र नभै हामी समृद्धशिल तामाङ समुदायको कला, भाषा, भेषभुसा, संस्कृति र परम्परा युवा पुस्तालाई सिकाई संस्कृती हस्तान्तरण गर्ने यो एउटा प्रयास हो । यदि हाम्रो संस्कार र संस्कृति नरहे हाम्रो मौलिकता हराउदै हाम्रो अस्तित्व लोप हुने पक्का छ । त्यसकारण सम्पुर्ण तामाङ अभिभावकहरुले आफ्ना छोरी चेलीलाई सक्षम भै अगाडी बढ्न र हाम्रो तामाङ मौलिकतालाई बचाई राख्नका निमित्त मिस तामाङ पोखरा २०२० मा सहभागी भै आफ्नो छोरिचेलीलाई नयाँकुरा सिक्न र क्षमतावान बनाउने अवसर दिन हुनको लागि सबैमा हार्दिक अनुरोध गर्दछु/गर्दछौँ ।

– ट्रेनिङ प्याकेज रु ८०००/-  मात्र ।

दर्ता फारम मंसिर १ गते सम्म समयवाधी तोकिएको छ । साथै पोखरा बाहिरको प्रतियोगिको लागि बस्ने सुविधा व्यवस्था गरिएको आयोजक बताउँछन् । साथै फारमको लागि सम्पर्क नं 9856020469 / 9802820469 / 9810217179 अथवा Face Book Page : Miss Tamang Pokhara / Youtube : Miss Tamang Pokhara 2019 मा पनि हेर्न अनि सम्पर्क गर्न सक्नेछन ।

४५ दिने ट्रेनिङ हुने । ट्रेनिङको लागि यस्ता सुविधा उपलब्ध रहेको छ ।
– नोट बुक / स्टेसनरी
– नेतृत्व विकास/व्यक्तित्व बिकास
– क्षमता/कन्फिडेन्ट बिल्डिङ
– पब्लिक स्पिकिङ
– प्रेरणादायी/असल बोली आदिको तालिम
– मेक अप/हेयर अनि ब्युटी क्लास
– स्टेज प्रस्तुती, हिँडाई
– सेल्फ डिफेन्स
– ट्राफिक अवार्नेस प्रोग्राम
– महिला सशक्तीकरण  
– प्रोफेसनल फोटोग्राफर द्वारा आउटडोर / निनडोर फोटो सेसन
– डाईनिङ एन्टिक्युटी क्लास
– प्रोग्राम होस्टिङ/एन्करिङ
– सामाजिक कार्यहरुमा संलग्नता 

कल्चरल प्याकेज                                                 _____________
– तामाङ भाषा
– तामाङ भेषभुषा
– तामान चाडपर्व
– तामाङ ईतिहास अनि संस्कार
– १ दिने फिल्ड भिजिट
– तामाङ डकुमेन्ट्री

|| प्रोफेसनल कोरियोग्राफरहरु द्वारा दैनिक १२० मिनेटको तालिम गरिने र शनिबार बिशेष तालिमको व्यवस्था । ||

बिजेताले पाउने पुरस्कार
१) पहिलो पुरस्कार : नगद रु १०००००/-
     – फस्ट रनर अप : नगद रु ५००००/-
     – सेकेन्ड रनर अप : नगद रु ३००००/-
     – भ्युवर चोईस : २००००/-
२) क्राउन/ट्रफका साथै अन्य थुप्रै उपहारहरु
३) सामजिक तथा मिडिया क्षेत्रमा सपोर्ट ( म्युजिक भिडियो, फिल्म, राष्ट्रिय दैनिक पत्रीकाहरुमा तथा म्यागजिन)
४) राष्ट्रिय तथा अन्य मिडियाहरुमा अन्तर्वार्ता
तामाङ सेलो तारेभुम सुन्नको लागि तल क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here