सिन्धुको सबैभन्दा ठूलो “गौरति भिमेश्वर मेला यहि २६ गते हुँदै । साथमा बृहत् सांस्कृतिक कार्यक्रम

0
698

१८ कार्तिक २०७६, सिन्धुपाल्चोक
“पर्यटन प्रबर्द्धन तथा संस्कृति संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित सिन्धुपाल्चोकक प्रसिद्ध एवं धार्मिक धरोहर गौरती भिमसेन मेला यहि २६ गते हुने भएको छ । उक्त मेलाको लागि मन्दिर आसपास सरसफाई , मन्दिरमा रङरोगन र अन्य सबै तयारि समेत पूरा भइसकेका छन । जसको लागि स्थानीय युवा क्लब, स्थानीय निकायहरु लागि परेका छन् ।

धार्मिक आस्था  र विश्वास रहेको भिमेश्वर मेलामा हजारौं भक्तालुजनको भिड लाग्ने गर्दछ । भिमसेनको दर्शनको लागि बिशेष गरि जिल्ला भित्रको धेरै श्रद्धालु भक्तजनको उपस्थिति रहन्छ भने जिल्ला बाहिरबाट पनि उत्तिकै आउने गर्दछन् ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बाट आधा घण्टाको पैदल यात्रा गरेपछि गौरति भिमेश्वर मन्दिरमा पुग्न सकिन्छ ।  मेला जानको लागि लोकल बसको समेत ब्यबस्था छ भने निजि सवारिमा समेत मन्दिर पुग्न सकिन्छ ।

भक्तालुजनलाई रमाईलो दिने उदेश्यले हरेक बर्ष मेलामा सांस्कृतिक कार्यक्रम गर्ने गरेको गौरति भिमसेन विकाश मन्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो ।

यस बर्ष मेलामा सांस्कृतिक प्रस्तुति दिनका निमित्त गायक रुपक डोटेल, गायक चन्द्र सिं घले , गायक सन्तोष लामा वाईबा , गायक प्रकाश तामाङ, गायक आस्मान लोप्चन , गायक तथा संचारकर्मि प्रितम तामाङ , गायिका रोस्ना लुङबा , गायक अमृत भारति , गायक साईमन भट्टराइ ,मोडल अनुष्का दोङ लगायतको कलाकारहरुको उपस्थिति रहनेछ ।

सिन्धुपाल्चोक  जिल्ला कै गहना को रुपमा परिचित गौराती मेला यहि कार्तिक २६ गते लाई  सफल  बनाउन व्यबस्थापन गरेका कार्यहरु यस्ता छन । १, ब्यापारी हरुको लागि स्टल को व्यवस्था २, मन्दिर रङरोगन र मन्दिर  सजावट ३, मन्दिर वरिपरि  सरसफई ४, मेलामा दशानारथी  लाई लाइन मा राखी मन्दीरमा पालो पालो दर्शन गर्न लगाउने ४, अस्थाई शौचालय  को व्यवस्था  । ५, मेला लाई  मनोरञ्जनात्मक  बनाउन बृहत सांकृतिक कार्यक्रम गर्ने । ६, मेला अवधि भर स्वयमसेबक लाई  परिचालन गर्ने । ७,विगत बर्ष  भन्दा मेला लाई अझ  रमाइलो ब्यबस्थित बनाउने आयोजकको दावी रहेको छ ।

सेलो तारेभुम सुन्नको लागि तल क्लिक गर्नुहोला ।

म्युङ पुजू जकि जकि भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here