सुकुटे दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो । केहिको सनाखत

0
594

१७ कार्तिक २०७६, सिन्धुपाल्चोक, सुकुटे
दोलखाको शैलुङेश्वोर मागादेउरालीबाट काठमाडौंतर्फ आउँदै   गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुकुटे विच देखि २० मिटर मात्र पर बालुवा भन्ने तिर्तिरे धारामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

साँझसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।

घटना स्थल संगै घाइते अवस्थामा उपचारका लागि धुलिखेल अस्पताल लैँजादै गर्दा एकजनाको बाटोमा मृत्यु भएको हो भने अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरिले केहिको सनाखत गरे अनुसार मृत्यु हुनेमध्ये दोलखा भिमेश्वर ९ की रञ्जिता केसी, शैलुङ्गेश्वरी गाउँपालिका ३ की तिन महिने शिशु सिसन तामाङ, शैलुङ्गेश्वरी ५ की रत्नकुमारी राउत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ की चमेली श्रेष्ठ र साइरानी श्रेष्ठको पहिचान खुलेको छ । शैलुङ्गेश्वरी ५ की चेतकुमारी बस्नेत र शैलुङ्गेश्वरी ४ की सलिना तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

यसरी गरिएको थियो उद्दार भिडियो;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here