तामाङ चलचित्रमा एक सम्भावना नव नायक प्रेम गोले, म्युङ पुजू बाट डेब्यु गर्दै 

0
319

१७ कार्तिक २०७६, काठमाडौं
सिन्धुपाल्चोकको हाल बलेफी गाउँ पालिका वडा नं ४ को डाँड गाउँमा जन्मेका हुन प्रेम गोले तामाङ । स्वभावले हाँसिलो, फ़ुर्तिलो, सबै संग इज्जत साथ बोल्ने गर्दछन उनी । मध्यम किसान परिवारमा साईंलो छोराको रुपमा जन्मेका उनलाई पनि सानै देखि कलाकारिताले कलिलो मष्तिस्कमा डेरा जमाईसकेको थियो । जसले गर्दा सानै उमेरमै घर छोडेर आफ्नो मनको हजारौं सपनाहरुले उनलाई नजिकै पर्ने राजधानी शहर काठमाडौं तिर तानी हाल्यो । त्यसपछी हरेक खाले दुख संघर्ष गर्दै उनले सानै देखि पाईलाहरुलाई एक पछि अर्को गर्दै भर्याङ चडे जस्तै गरि उक्लिँदै गए । कलाकारितामा लाग्ने ठूलो सपना जहाँ पुगे पनि ज्युदै थियो तर पूरा गर्ने बाटो भने साह्रै अप्ठ्यारो । कारण आफू नजिकको न त कोहि थियो नै, न त सजिलै त्यो स्थानमा पुग्ने ? न त आफैले केही गर्ने मेलो मेसो नै । जसले गर्दा सपनालाई पूरा गर्ने कुनै मौका या सुरुवात गर्ने बिन्दु भने छिटो भेटिएनन् ।

यसै क्रममा उनि नायक इश्वर तामाङ संग भेट भयो । त्यसपछी उनिहरु बिच निकटता गाढा हुँदै गयो । उमेरमा प्रेम भन्दा केही ठूलो ईश्वर उनको एक आत्मीय मित्र मात्र नभै एक अभिभावकको रुपमा ठूलो साथ अनि सहयोग गरेकोले नै अहिले सम्मको अवस्थामा आइपुगेको समेत बताउँछन् । “सायद ईश्वरलाई नभेटेको भए म कुन अवस्थामा हुन्थ्यो मलाई नै थाहा छैन, मैले उहाँको बारेमा जति बयान गरेनी त्यो अपुरो नै हुन्छ” नव नायक प्रेम सुनाउछन् ।

आफ्नो जीवन चलाउदै अघि पनि बढ्दै आफ्नो सपनालाई जसरी नि पूरा गर्ने अठोट भनें कहिल्यै मर्न वा डक्न नदिई उनिहरु दुवैजना मिलेर “जुत्तामा हेर्नू ठुलो” भन्ने गितको म्युजिक भिडियो मार्फत कला क्षेत्रको रंगिन दुनियाँको पहिलो स्वाद अनि आफ्नो सपनाको पहिलो आभास प्राप्त गर्ने मौका पाए । उनी भन्छन साँच्चै नै त्यो क्षण मेरो लागि अमुल्य अनि अविस्मरणीय थियो, किनकी मैले सोचे भन्दा फरक अनि अनौठो अनुभव गरे जस्ले मलाई अझै अघि बढ्ने हौसला, प्रेरणा अनि लगाव बढ्दै आयो । मैले निर्णय नै गरें कि म अझै अघि बढ्छु ।

उनलाई यसै म्युजिक भिडियोले गर्दा कला क्षेत्रको नशा चढिसकेको थियो । त्यसपछी म्युजिक भिडियोलाई नै निरन्तरता दिँदै गायिका रोस्ना लुङ्बा को “ल्होछार साँझ तामाङ भेसैमा”, आस्मान लोप्चनको “वाला वाला रिबन” मा राम्रो दर्शकको माया पाउन सफल पनि भए ।

यसै क्रममा धेरै समय देखिको आफ्नो सहपाठी ईश्वर तामाङ र उनी बिच कता कताबाट तामाङ चलचित्र बनाउने सल्लाह भयो । जसमा जोस भर्ने काम गरे नाताले फूपू दिदी पर्ने कान्छी माया तामाङ । दुई साथी ईश्वर र प्रेमको त्यो जोसलाई पूरा गरिछाड्ने योजनाका साथ अघि बढ्दै अन्ततः तामाङ चलचित्र “म्युङ पुजू” छायांकन सुरुवात पनि गरे पनि । यस चलचित्रको दुई वटा गित “जब माया बुजि” लभ सङ र डान्सिङ नम्बर रहेको “जकि जकि” सार्वजनिक भैसकेको छ । जुन भिडियो अहिले सम्ममा लगभग ७१ हजार पटक हेरिसकेका छन ।

चर्चित गायक संगितकार विशाल काल्तानको संगित अनि स्वरमा सझिएको गितहरुको अति नै उत्कृष्ट भिडियो पनि बनेको छ । लभ सङमा नायक ईश्वरलाई देखेका छन भने नायक प्रेम डान्सिङ गित जकि जकिमा देखेका छन् । जसमा उनको डान्सले राम्रो प्रशंसा बटुलेको युट्युब कमेन्टमा देख्न सकिन्छ । यो भिडियो हेर्दा तामाङ चलचित्रमा राम्रो सम्भावना देख्न सकिन्छ । उनको अभिनय भने चलचित्र आएपछी नै थाहा हुनेछ । जसको लागि सबैले “म्युङ पुजू” अवस्य हेरेर सल्लाह सुझाव अनि प्रतिक्रिया दिनको लागि उनले सबैलाई हृदय देखि नै अनुरोध समेत गर्छन ।

अजय स्याङतानलो निर्देशन, बिक्रम मोक्तानको छायांकन रहेको छ म्युङ पुजू । नायिका सुस्मा मोक्तानको समेत प्रमुख भुमिका रहेको यस चलचित्रको निर्मात्री कान्छिमाया तामाङ रहेको छ । कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङले गरेको हो । साथै अन्य कलाकारहरुमा वीर बहादुर गोले तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रियाङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्मित यस चलचित्र प्राविधिक काम लगभग अन्तिम चरणमा पुगिसकेको निर्माण पक्षले गोल्चे सन्चारलाई जानकारी गराएका छन । छिटैनै प्रीमियर शो मार्फत सार्वजनिक गरिने बताए ।

घर नबनाएर गुम्ब बनाउने आशारामको कथा

https://youtu.be/4U1Y3DRZtpo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here