स्याउलीको निर्देशनमा मौलिक तामाङ सेलो “ओ आमा

0
120

१६ कार्तिक २०७६, काठमाडौं
नेपाल तामाङ घेदुङको संघिय कार्यालयको सभाहलमा वरिष्ठ गायक चन्द्रकुमार मोक्तान को प्रमुख आतिथ्यतामा पोङ्दिला च्याङ्बा र शशिकला मोक्तानको स्वरमा सझिएको “ओ आमा” गितको भिडियो विमोचन सम्पन्न भएको छ । त्यसै गरि सोहि कार्यक्रममा सन्ध्या सुस्केरा र शुक्र लामा दोङको तामाङ सेलो दोहोरी गित शैलुङ गङ्जोरीको अडियो पनि सार्वजनिक गरे ।

कार्यक्रममा तामाङ समाजका अग्रज व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अडियोमै धेरैले रुचाएको “ओ आमा” तामाङ मौलिक भाकामा सझिएको छ । जसमा घरदेश छोडेर परदेशिएको छोरा र छोराको पर्खाईमा बसिरहेकी एक आमाको कथालाई भिडियोमा उतारेका छन । भिडियोको निर्देशन रेशम कुमार स्याउलिले गरेका हुन । उनले धेरै वर्षको अन्तराल पछि यो भिडियो निर्देशन गरेको बताए । आशा छ धेरै पछिको कमब्याकलाई सबैले रुचाउने छन, स्याउलि सुनाउँछन् ।

शब्द, संगित समेत पोङ्दिला च्याङ्बाकै रहेको छ । एरेन्ज पवन वाङ लामाको रहेको छ भने मिक्सिङ डिका गुरुङले गरेको हो ।

भिडियोलाई बाशु न्यौपानेले छायांकन गरेका हुन भने रोशन धितानले सम्पादन गरेको छ । अभिनय तर्फ सन्ध्या सुस्केरा, पोङ्दिला च्याङ्बा, जमुना महर्जन, ठूलो तामाङ योन्जन, हर्क योन्जन लगायतले भुमिका निभाएका छन् । भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here