तामाङ समाज यू.ए.ई. द्वारा कुलमान र डा. भावना टप ट्यालेन्ट अवार्डद्वारा सम्मानित

0
358

१६ कार्तिक २०७६, काठमाडौं
प्रीतम कुमार तामाङ
“तामाङ समाज युएईको सान, तामाङ संस्कृति तामाङ पहिचान” भन्ने नाराका साथ सन् २००५ मा स्थापित तामाङ समाज यू.ए.ई.ले स्थापना काल देखि नै तामाङ समाजमा विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यहरु गर्दै आईरहेको छ । यसै सन्दर्भमा समाजले आज नेपाल तामाङ घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा “शैक्षिक सहयोग हस्तान्तरण छात्रवृत्ति कार्यक्रम २०१९ तथा टप ट्यालेन्ट इन्करेजमेन्ट अवार्ड वितरण साथै सपोर्ट माई स्कुल” कार्यक्रम सम्पन्न गरे ।  कार्यक्रमको सभापति समाजका अध्यक्ष महेश लामा र प्रमुख अतिथि रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बहादुर सिं तामाङ हुनुहुन्थ्यो । त्यस्तै बिशेष अतिथिको रुपमा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ उपस्थित थिए । साथै विभिन्न तामाङ समाज संग सम्बन्धित व्यक्ति, व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विशेषगरी तामाङ समाजका उत्कृष्ट व्यक्तित्वहरुलाई टप ट्यालेन्ट इन्करेजमेन्ट अवार्डद्वारा सम्मान गरेका छन । जसमा उज्यालो नेपालका नायक विद्धुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र डा. भावना तामाङलाई सम्मानित गरेका हुन । उहाँहरुलाई सम्मान गर्नुको मुल उद्देश्य तामाङ समाजमा जन्मिएर पनि ठूलो संघर्ष गर्दै तामाङ समाज र सिंगो नेपालकै नाम उच्च बनाउन योगदान रहेको छ ।

बिशेष गरि आज तामाङ समाज यू.ए.ई. ले सरकारी बजेटको अभाव रहेको तामाङ गाउँमा अवस्थित विद्यालयलाई शैक्षिक सहयोग हस्तान्तरण तथा त्यस्ता ठाउँमा शिक्षा हाँसिल गर्दै गरेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले यस्ता कार्य यो नै पहिलो पल्ट गरेको भनें होईन । यो भन्दा विगतका वर्षमा पनि अन्य विद्यालय र विद्यार्थीलाई सहयोग गरिसकेका छन । आज भनें श्री महाकाली देवि कर्मदय प्राथमिक विद्यालय पिन्थली रोशी ९ काभ्रेलाई रु. १,११,१११/- (एक लाख एघार हजार एक सय एक मात्र ।) नगद हस्तान्तरण गरे । त्यसै गरि सिर्जनशील जनता माध्यमिक विद्यालय चौंरी देउराली ४ काभ्रेका कक्षा १२ मा अध्यनरत बिकास लामा र पशुपति माध्यमिक विद्यालय, सुनपाती ३ रामेछापका कक्षा १२ मा अध्यनरत देउ माया थिङलाई नगद रु १५-१५ हजार छात्रवृत्ति प्रदान गरेका छन ।

हाल सम्ममा करिब २७ लाख ८० हजार तामाङ समाजमा विभिन्न शिर्षकहरुमा सहयोग गरिसकेको अध्यक्ष मोक्तानले बताए । साथै उहाँले तामाङ समाज यूएई ले यूएई मा कामको सिलसिलामा पुगेर फसेका तामाङ दाजुभाइ, दिदिबहिनीहरुलाई उद्दार, तामाङ गाउँमा आईपर्ने दुखमा सरसहयोग, बिदेशी भुमिमा पनि तामाङ भाषा, संस्कार, धर्म, कला आदिलाई जगेर्ना गर्ने विविध कार्यक्रमहरु गर्दै आएको बताए । जुन समाजको मुल उद्देश्य समेत रहेको सुनाउनुभयो । साथै उहाँका अनुसार एस एम एस धमाका मार्फत जम्मा भएको रकम नै “सपोर्ट माई स्कुल” शिर्षकमा हस्तान्तरण गरेको जानकारी दिए । यसरी स्कुललाई र छात्रवृत्ति वितरण गर्नुको मुल उद्देश्य भनेको हाम्रो तामाङ समाज शिक्षाको कमिले गर्दा पछाडी परेकोले अब शिक्षामा लगानी गर्दै राम्रो र उत्कृष्टहरुलाई अघि बढ्न हौसला एवं प्रेरणा दिनु रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here