नेपाली काँग्रेसका प्रभावशाली नेता द्वय रामचन्द्र पौडेल र गगन थापा मेलम्चीमा आउने

0
109

७ कार्तिक २०७६, सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा यहि कार्तिक ८ गते शुक्रबार मेलम्ची बजारमा वडादशैं, दिपावली, नेपाल संवत्  तथा छठको अवसरमा शुभकामना आदानप्रदान चियापान तथा विविध सांस्कृतिक कार्यक्रम नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख अतिथी, पुर्व स्वस्थ्य मन्त्री एवं नेका केन्द्रिय सदस्य गगन कुमार थापा विशिष्ठ अतिथी र नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामाको बिशेष अतिथ्यतामा बृहत् कार्यक्रम सम्पन्न हुने भएको छ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय स्तरको नेताहरु सिन्धुपाल्चोकमा कमै पुग्ने गर्दछ्न् । अझ लोकतान्त्रिक युवाहरुको आकर्षणको केन्द्र गगन कुमार थापाको मन्तव्य मात्र सुन्न पनि धेरै नेपाली काँग्रेस लगायत लोकतान्त्रिक नेता कार्याकर्ता सिन्धुपाल्चोकको मेलम्चीमा आउने पक्का रहेको क्षेत्र नं २ का नेपाली काँग्रेस सभापति आईतामान तामाङले गोल्चे सन्चारलाई जानकारी दिनुभएको छ ।

उहाँले कार्यक्रम शुभकामना आदानप्रदान संगै देशमा घटिरहेको भ्रष्टाचार, महंगी, बलत्कार, कानुनी राज्यको अपहेलना भै रहेकोले यसको बिरुद्धमा एक भएर लड्न, दृढ अठोट लिँदै अघि बढ्न प्रेरणा समेत मिल्ने आशा रहेको बताउनु भयो । साथै सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका नेता, कार्याकर्ता, नेवि संघका पदाधिकारीहरु, महिला संघ, तरुणदल लगायत सम्पुर्णलाई अनिवार्य उपस्थितिको लागि समेत हार्दिक निमन्त्रणा यसै सुचनाको साथमा गर्नु भएको छ ।

सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु शिवहरु नेपाल, देवि राम पराजुली(भोक लाग्यो), राधिका हमाल, सुनिल थापा, रुद्र केसि, राजेन्द्र गिरि (जादुगार), सरोज लामिछाने, बल बहादुर वाईबा, आस्मान लोप्चन, ॐ वाईबा, प्रीतम तामाङ, छेवाङ डि स्याङ्बो, रमेश राज बरैली, सिमा भन्डारी लगायतले भरपुर मनोरञ्जन दिलाउनेछन ।

https://youtu.be/DYqca145mxQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here