थाङ्पालको भन्दा पनि ठूलो बीभत्स हत्या नजिकै मेलम्ची दुवाचौरमा । ५ दिन पश्चात् भेटियो लास

0
1503

१ कार्तिक २०७६, सिन्धुपाल्चोक, मेलम्ची
प्रीतम कुमार तामाङ
सिन्धुपाल्चोकमा एकपछी अर्को हत्या जस्तो जघन्य अपराध घटिरहेको छ । हिजो राती करिब १०:१५ बजे पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्सामा खुकुरी प्रहार गरि बिजय गोलेको हत्याको खबरले सनसनी मच्चाईरहेको बेला नजिकैको गाउँ मेलम्ची नगरपालिका वडा नं ८ लाभ गाउँका म्हाङ्सिङ तामाङलाई बीभत्स हत्या गरि झुन्डिएको अवस्थामा फेला पारेको स्थानियले गोल्चे सन्चारलाई जानकारी दिए । घरबाट हराएको करिब ५ दिन पश्चात् नजिकैको जंगलमा छेदबिछेद गरि झुुुन्डिएको अवस्थामा लास घाँस काट्न गएका स्थानीयहरुले देखेपछी गाउँले र प्रहरिलाई खबर गरेको थियो ।

हत्या कस्ले र किन गरे भन्ने जानकारी भने अहिले अनुसन्धान भैरहेको छ । लासलाई मेलम्चीमा पोष्टमार्टमको लागि राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here