ईन्द्रावती बस दुर्घटना अपडेट:पेट भित्र मृत शिशु भएकी गम्भीर घाइते महिलालाई बचाए

0
170

२७ असोज २०७६, काभ्रे धुलिखेल
क्षमता भन्दा तेब्बर यात्रु बोकेर इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि धुलिखेल अस्पताल पुर्याए । विडम्बना उनी ७ महिने गर्वावस्थामा गुज्रीरहेकी थिईन । जसकारण दुर्घटना संगै उनको ज्यान अत्यन्त जोखिम अवस्थामा थियो । कारण उनको पेट भित्रको शिशु दुर्घटनाका कारण मृत्यु भैसकेको थियो ।

धुलिखेल अस्पतालमा उनको पेट भित्रै मृत भएको शिशु शल्यक्रिया गरि निकालेर उनको ज्यान बचाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here