हेलम्बु पालिका स्तरीय फुटबल प्रतियोगिताको लागि धमाधम दर्ता खुल्ला

0
100

१८ असोज २०७६, सिन्धुपाल्चोक
बिकास निर्माणको काम संगै हेलम्बु गाउँ पालिका खेलकुदमा पनि उत्तिकै अगाडी बढी रहेको छ । वर्षभरी फरक फरक खेलकुद आयोजना गरेर खेलाडीहरुलाई उत्साह दिने काम गरिरहेको छ । यसरी प्रतियोगिताहरु आयोजन गर्नेमा अग्रणी स्थानमा पलिकाको सक्रिय युवा क्लब न्यु राईजिङ युवा क्लब रहेको छ ।

स्वास्थ , अनुशासन , लगनशीलता , खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विजय दशमि तथा शुभ दिपावलिको अवसरमा यहि क्लब हेलम्बुले दोस्रो हेलम्बु गाउँ पालिका स्तरिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

दशै सकिना साथै असोज २५ गते देखि कार्तिक २ गते सम्म संचालन हुने प्रतियोगिताका लागि धमाधम दर्ता खुलेको छ । असोज १० बाट दर्ता खुल्ला गरिएको छ भने असोज २० गते सम्म दर्ता गर्न पाईने क्लबका अध्यक्ष सुनिल तामाङ दोङले गोल्चे सन्चारलाई जानकारी गराएका छन ।

दर्ता गर्न नगद एक समूह बराबर पाँच हजार र परिचय खुल्ने प्रमाणपत्र र दुई प्रति फोटो चाहिने छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश
५०,००० पचास हजार , २५,००० पचिस हजार र १०,००० दशहजार नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुनिल दोङले जानकारि दिनुभयको छ ।
हरेक खेलमा खेलको एक उत्कृष्ट खेलाडि छनोट गरि म्यान अफ दि म्याचको पुरस्कार पनि दिइनेछ ।

हेलम्बु गाउँ पालिकाको विशेष सहयोगमा संचालन हुन लागिएको यस प्रतियोगिताले नयाँ खेलाडि उत्पादन एव खेल प्रतिको खेलाडिको दृष्टिकोणलाई अझै फराकियो बनाउनेमा आयोजक परिवार विश्वस्त छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here