दशैं तिहार गित “आउदिन है बाबा आमा” सार्वजनिक

0
125

१७ असोज २०७६, काठमाडौं
दशै तिहारको संघारमा यसै सम्बन्धि गित “आउदिन है बाबा आमा यसपाली नि घर” बोलको पर्देशिको पिडामा मन छुने गीतको भिडियो सार्वजनिक भएको छ । पर्देशमा बस्नुहुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुको लागी नयाँ दशै तिहार गीत स्काइ डिजिटल प्रोडक्सन यु टुब च्यानलबाट सार्वजनिक भएको छ ।

पर्देशिको पिडमा आधारित यो गीत निकै नै मेहिनत का साथ निर्माण गरिएको छ । निर्देशक बिजय राज भुर्तेलको निर्देशन तथा आफ्नै अभिनय रहेको उक्त म्युजिक भिडियो मा मनिश, पृतम , सन्तोश लामा, रेखा रुम्वा ,राम बहादुर गोले,ज्ञानु राइ,सोमिया वाइवा, रमेश सापकोटा, निर्मल बानिया, लक्ष्मी पौडेल्, तारा निरौला लगाएतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

आर जे पन्त को शब्द तथा स्वर रहेको उक्त गीतालाई निकै नै मार्मिक ढङले संगीत बद्ध गरेका छन संगीतकार बाबुल गिरिले । सिने साइड डिजिटल , बिजय राज फिल्मस र बाबुल म्युजिक को सन्युक्त प्रस्तुती रहेको उक्त गीत को छायाकन अहिलेका चर्चित छायांकार रामेश्वर जिरेल ले गरेका छन भने निर्देशन सम्पादन बिजय राज भुर्तेलको रहेको छ । भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here