यौन दुर्ववहार जस्तो गम्भीर आरोप लागे पछि सभामुखले दिए राजिनामा

0
111

१४ असोज २०७६, काठमाडौं
एक महिला माथी निवासमै गै सभामुख कृष्ण बहादुर महराले जबर्जस्ती करणी गरेको समाचार एकाएक बाहिरिए लगत्तै चौतर्फी आलोचित हुन पुगे । यसै विषयमा प्रधानमन्त्री केपि शर्मा ओलिले आकस्मिक सचिवालय बैठक बोलाई उक्त बैठकले उनलाई पदबाट राजिनामा दिई अनुसन्धानको लागि बाटो खुलाउन आग्रह गरे संगै राजिनामा दिएका हुन ।

उनलाई सभामुख पदबाट मात्र नभै संसदबाट समेत राजिनामा दिनुलर्ने दबाब आइरहेका छन । तर उनले संसदबाट भने राजीनामा दिएको हुन कि होईन त्यो स्पष्ट खुलेको छैन ।

नेकपाको सचिवालयको आकस्मिक बैठकले महरालाई सभामुख र संसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएपछि महराले भर्खरै पदबाट राजीनामा दिएका हुन् । महराले आफूमाथि लागेको आरोपको छानबिन गर्न सहज होस भन्ने उल्लेख गर्दै उपसभामुख समक्ष राजीनामा दिएका छन् ।

                               बिज्ञाप्ती

बडा दशैं शुभकामना 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here