फ्याफुल्ला युवा क्लबले यहि २० गते बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

0
358

१४ असोज २०७६, सिन्धुपाल्चोक
युवा शक्तिको एकता, आजको आवश्यकता भन्ने मुल मन्त्रका साथ सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं ४ को फ्याफुल्ला युवा क्लबले यहि असोज २० गते बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन । क्लबकै प्राङ्गण माने डाँडामा कार्यक्रम सम्पन्न हुनेछ्न । जसको तयारिमा सम्पुर्ण क्लबका सदस्यहरु लागि रहेको जानकारी गोल्चे सन्चारलाई प्राप्त भएको छ । क्लबका अध्यक्ष फुर्पाछिरिङ तामाङका अनुसार भाग्यशाली चिठ्ठा कार्यक्रम समेत रहेकोले जो कोहिले टिकट काटी आफ्नो भाग्य चम्काउन छिटो गर्न समेत अनुरोध गरे । साथै सबैलाई उपस्थित भै भव्य कार्यक्रम बनाउन समेत अपिल गरेका छन ।

सिन्धुका युवा नेता नेकपा केन्द्रिय सदस्य माधव (सुबोध) सापकोटा प्रमुख आतिथिको रुपमा उपस्थित हुनेछन । साँस्कृतिक कार्यक्रमका लागि लोकप्रिय गायक संगितकार विशाल काल्तान, निमा दोङ, च्वाईस दोङ, पुजा लामा, निरान्जली लामा, मदन घ्लान, गणेश ईशारा, प्रिया थोकर, प्रीतम तामाङ, निरु कार्की लगायत उपस्थित हुनेछन । बिहान १० बजे देखि कार्यक्रम सुरु हुने बताएका छन ।           
               _____________________________
चलचित्र म्युङ पुजू को डान्सिङ नम्बर “जकि जकि” भिडियो

बडा दशैं शुभकामना 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here