तामाङ डाजाङको नयाँ नेतृत्व फुलकुमार बम्जनलाई

0
71

१२ भदौ २०७६, काठमाडौं
गत भदौ २८ गते नेपाल तामाङ घेदुङको हलमा तामाङ साहित्यीक संस्था तामाङ डाजाङको १० औं अधिवेशन भएको थियो । उक्त दिनमा अध्यक्षको पद निर्बिरोध चयन हुन नसकेपछी स्थगित गर्दै चुनावको लागि समय तोकियो । जसअनुसार असोज ११ गतेको लागि निर्वाचन मिति तोक्दै हिजो पुनः घेदुङ निर्वाचन सप्पन्न भयो ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा फुलकुमार बम्जन र नेत्र तामाङ बिच प्रतिस्पर्धा भएको हो । जहाँ बम्जनको पक्षमा २० भोट प्राप्त भै डाजाङको नेतृत्वमा निर्वाचित भए भने तामाङको पक्षमा ७ भोट मात्र प्राप्त भए ।

कार्यसमितका उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यहरू भने सर्वसहमतिमा चयन भएका छन् ।
नयाँ कार्यसमिति १७ सदस्यीय रहेको छ ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिवमा निकिता लामा, सह-सचिवमा साम्देन दोङ, कोषाध्यक्षमा फुलमाया लामा ‘प्रयत्ना’ रहेका छन् भने सदस्यहरूमा दाम्जेदोर्जे मोक्तान, हिरामाया घिसिङ, शान्ति लामा, वाङ्छु पासाङ तामाङ, तेज योन्जन, इश्वार थोकर, कविराज तामाङ, स्वयम्बरसिंह लामा, रचना मोक्तान, हिरामाया घिसिङ ‘कुसुम’, मानकाजि पाख्रिन रहेका छन् । एक सदस्य भने कार्यसमितिले मनोनित गर्नेछ ।

हालसम्म यकिना अगाध, दिपक घिसिङ, मायालु ङेसुर, इन्द्रकुमार तामाङ, भक्तवीर योन्जन तामाङ, अर्जुनबहादुर तामाङ, बुद्ध योन्जन लामा र सन्चु ब्लोन तामाङले तामाङ डाजाङको नेतृत्व गरेको इतिहास छ ।
२०५८ सालमा स्थापित साहित्यीत संस्थाले तामाङ भाषा-साहित्यको उत्थानमा निरन्तर योगदान दिँदै आइरहेको छ । संस्थाले मासिक रुपमा नियमित ‘तामाङ ग्योइकाइ गेताङ’ (तामाङ साहित्यीक गोष्ठी) सँगै साहित्यीक मासिक ‘तामाङ डाजाङ’ प्रकाशन गर्दै आइरहेको छ ।             

        _______________________________

तामाङ कथानक चलचित्र म्युङ पुजूको डान्सिङ नम्बरको दमदार भिडियो ; 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here