मेयर अमान सिं तामाङद्वारा उद्घाटन गर्दै अरनिको सिण्डिकेट पहिलो पल्ट तोडियो

0
761

१० भदौ २०७६, सिन्धुपाल्चोक
वर्षौं देखि एकलौटी सिन्डिकेटमा राज गरिरहेको अरनिको यातायात आज देखि सिन्धु पाँचपोखरी यातायात प्रा.लि. सुचारु गरे संगै पहिलो पल्ट तोडियो । सदरमुकाम चौतारामा चौतारा साँगाचोक गढि नगरपालिका प्रमुख अमान सिं तामाङद्वारा उक्त यातायात सेवाको विधिवत् उद्घाटन संगै सुरुवात भएको हो ।

मेयर तामाङले उद्घाटन पश्चात् राम्रो सेवा सुविधा दिँदै सम्पुर्ण यात्रुहरुको मन जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो । एसि सहितको हाईस माईक्रो बस भएकोले अबको दिनमा यात्रुहरुले सहज र सुविधायुक्त तरिकाले यात्रा गर्नेमा ढुक्क रहेको बताउनुभयो ।

यो यातायात सेवा चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर हुँदै चावहीलसम्म र पुनः सोही रुटबाट फिर्ता हुनेछन । हाल गरिरहेको अन्य यातायात सेवाले दिएको सेवा भन्दा आरामदायी, सस्तोमा सहज यात्रा गर्ने सन्चालकहरुको दाबी छ । साथै हरेक ठाउँमा यो सेवा सुचारु गर्ने उद्देश्य समेत रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here