चौतारा नगर घेदुङमा प्रविन तामाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति

0
280

२०७६ असोज ९ सिन्धुपाल्चोक चौतारा
करिब एक वर्ष अघि देखि नै चौतारा साँगाचोक गढी नगरपालिका नगर घेदुङ गठनको लागि छलफल भएको थियो । यो छलफलले आज सार्थकता पाएको छ । नगर घेदुङ गठनको लागि भेला गर्ने कार्यक्रम बिबिध कारणवश रोकिएको थियो । आजको सो भेला प्रथम भेला समेत हो । आज नगर भित्रका ताम्बा, गान्बा, बोम्बो, लामा लगायत उल्लेख्य तामाङ जनसमुदायको उपस्थितिमा प्रविन लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष प्रविन लामा , उपाध्यक्ष अस्मिता तामाङ , उपाध्यक्ष समीर तामाङ , सचिव सन्जिब तामाङ , कोषाध्यक्ष रामकुमार लामा , सहसचिव हिरालाल तामाङ र सदस्यहरु क्रमश गंगालाल तामाङ , बिष्णुमाया तामाङ , धनमान तामाङ , सुरेदास तामाङ , हिरा तामाङ , धन बहादुर तामाङ , कमानसिङ तामाङ , होम बहादुर तामाङ , झलक तामाङ , रहर बहादुर तामाङ र शान्ति थिङ तामाङ रहेको छ ।

चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ९ का वाडध्यक्ष बिष्णु तामाङको सभापतित्वमा सम्पन्न भयको उक्त भेलामा प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार तथा संविधान सभासद् दावा तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल जनजाति महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष काजिमान थिङ , चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमान सिङ तामाङ र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेसम स्याङबो तथा स्थानिय जनप्रतिनिधिको बाग्लो उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयको हो ।

नयाँ कार्य समिति संगै नगर घेदुङले सल्लाहकार समिति र मेयर अमन सिं तामाङको अध्यक्षतामा संरक्षक समिति पनि गठान गरिएको छ ।

कार्यक्रमलाई मिलन लामाले संचालन गरेको थियो भने अतिथि दर्शक पाहुनालाई शब्द बाट स्वागत मन्तब्य उजारसिङ तामाङ (समर) र गितको माध्यम बाट गायक आस्मान लोप्चन र प्रितम तामाङले मौलिक खान्दोके सेलोमा डम्फु बजारएर स्वागत गरेका थिए ।

कार्यक्रममा गायक अनिश योन्जन , गायक आस्मान लोप्चन , संचारकर्मि तथा गायक प्रितम तामाङ , गायिका रोस्ना लुङबा र कलाकार मन्जु थिङको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here