५ गते नेपाल तामाङ संस्कृति घेदुङ सि.पा. गठनको लागि प्रथम भेला हुने

0
87

४ असोज २०७६, सिन्धुपाल्चोक
तामाङहरुको गरिमामय संस्था नेपाल तामाङ घेदुङको सिन्धुपाल्चोक जिल्लामा संस्कृति घेदुङ गठन हुने भएको छ । पटकपटकको छलफल पश्चात् यहि असोज ५ गते आईतवारको लागि समय तोकिएको छ । सिन्धुपाल्चोक भित्रका सम्पुर्ण तामाङ कलाकारहरुलाई उपस्थितिको लागि हार्दिक आह्वान समेत यसै सुचना मार्फत गरिएको छ । सुकुटे देखि बलेफि नजिकै रहेको रक रिभर रिसोर्टमा भेला हुने संयोजक तथा सेलो गायक आस्मान लोप्चनले जानकारी गराए ।

भेलाको प्रमुख आतिथ्यता चौतारा साँगाचोक गढी नगरपालिका मेयर अमान सिं तामाङ उपस्थित हुने तय भएको छ । त्यस्तै संघिय घेदुङ, प्रदेश घेदुङ, जिल्ला घेदुङ, संस्कृती घेदुङका पदाधिकारीहरुको पनि उपस्थिती रहने आयोजकले गोल्चे सन्चारलाई बताएका छन् । त्यस्तै सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित सम्पुर्ण वडा अध्यक्षहरुलाई समेत अतिथिको रुपमा निम्तो दिएको जानकारी गराएका छन । साथै उपस्थित हुने सम्पुुर्णमा तामाङ भेषभुसामा आउनुुुुहुुन पनि अपिल गरेेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here