अन्ततः गोल्चे सम्मै स्काईभेटरले बोकेरै लगे ट्रान्सर्फमर

0
203

३१ भदौ २०७६, सिन्धुपाल्चोक
प्रीतम तामाङ गोले
गत भदौ १३ गतेको चट्याङले ट्रान्सफर्मरमा क्षति पुराए पछि गोल्चेमा विधुत सेवा अवरुद्द थिए । विधुत सेवा नहुदा स्थानिय प्रत्यक्ष मारमा परेको थियो । जस्ले गर्दा गाउँमै भएको खाद्यान्न पिन्ने मिल देखि उज्यालोबाट बन्चित थिए गाउँले । गोल्चे गाउँ सिन्धुपाल्चोकको विकट अनि वर्षातका कारण अवरुद्ध कच्ची बाटोका कारण बिग्रेको ट्रान्समिटर बनाउन लैजाने अवस्था थिएन । तर गाउँलेहरुले भोगिरहेको समस्या भन्दा त्यो ठूलो भएन । जसकारण चौतर्फी गाउँले लगायत सरोकारवाला युवाहरुले आवाज उठाउन थालेपछि अन्ततः स्काईभेटरले नै बोकेर ट्रान्सर्फमर लगेर जोडियो ।

त्यहाँका जनप्रतिनिधि लगायत अन्य युवाहरु गोल्चे सन्चारबाट यस विषयमा समाचार प्रकाशित भएपछी स्वतस्फूर्त रुपमा आफुहरु लागिपरेको र छिटोभन्दा छिटो त्यो समस्या सुल्झाउने बताएका थिए । जो छिटै पूरा पनि गरेको छ । यश कार्यप्रती त्यहाँका वडा अध्यक्ष प्रताप लामा लगायतका युवाहरु धन्यवादको पात्र समेत बनेका छन् । चाहे र गर्न नसक्ने केही छैन भन्ने कुरा यहाँबाट समेत प्रष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here