नेपाल तरुणदल केन्द्रिय महासचिव नै कारबाहीमा

0
103

२८ भदौ २०७६, काठमाडौं
सिन्धुपाल्चोक जिल्लाको नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष रहेका सगुन श्रेष्ठलाई केन्द्रबाट गरिएको कारबाही फुकुवा भएको भन्दै केन्द्रिय महासचिव भुपेन्द्र जंग शाहीले यहि भदौ २४ गते एक पत्र जारी गरे । पत्रमा श्रेष्ठलाई केन्द्रबाट गरिएको कारबाही बिधि, बिधान, मर्म र भावना बिपरित रहेको भन्दै पत्र काटेकै दिनदेखि फुकुवा भएको भन्ने आशययुक्त थिए । यस पत्रमा महासचिव शाहीले हस्ताक्षर गरिएको थियो । यो लगत्तै केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले अर्को पत्र जारी गर्दै कुनै पनि तरिकाले कारबाही फुकुवा नभएको, महासचिवको मनोमानी ढंगले पत्र काटेको भन्दै एक पत्र जारी गरे ।

त्यस पछि केन्दिय अध्यक्ष जित जंग बस्नेतले केन्द्रिय महासचिव शाहिलाई नै पदबाट हटाईएको भन्दै अर्को चलानी नम्बर १६४ मिति २०७६ भदौ २८ मा एक पत्र मार्फत जानकारी दिएको छ । पत्रमा सिद्धान्त, निष्ठ, लोकतन्त्रवादी लाखौं तरुणहरुको बलिदानबाट ईतिहास बनाएको दलको महासचिव जस्तो गरिमामय पदको पदिय मर्यादा बिपरित कार्य गरेकोले साधारण सदस्य समेत नरहने गरि पदबाट हटाईएको पत्र मार्फत जानकारी गराएका छन् । पत्रको नमुना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here