“म्युङ पुजू” को जब माया बुजि उत्कृष्ट भिडियो

0
772

२७ भदौ २०७६, काठमाडौं
लामो समयको पर्खाइ र प्रतीक्षा पछि तामाङ कथानक चलचित्र म्युङ पुजुको उत्कृष्ट गित युटुब मार्फत एक औपचारिक कार्यक्रमको बिच सार्वजानिक भएको छ ।

`जब माया बुजि´ बोलको प्रेम गितमा नायक इश्वर लामा पाख्रिन र नायिका सुस्मा मोक्तानको दमदार अभिनय सहित डम्फु मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गितमा स्वर पनि विशाल काल्तान र जितु लोप्चनको रहेको छ । “म्युङ पुजू”  तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि. को ब्यानरमा कान्छीमाया गोलेले निर्माण गरेको हो ।

यस चलचित्रका निर्देशन अजय स्याङतानले गरेको हो । भिडियोलाई बिक्रम मोक्तानले छायांकन गरिएको हो । भिडियोको छायांकनको सबैले प्रशंसा गरे ।

सार्वजनिक औपचारिक कार्यक्रम निमात्री कान्छिमाया गोलेको सभापतित्व, तामाङ चलचित्र संघ नेपालका अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष अतिथिको रुपमा नायक आमिर दोङ, विशाल काल्तान, जुगल गापा ६ वडा अध्यक्ष जंग तामाङ, बलेफी गापा ४ वडा अध्यक्ष काली प्रसाद तामाङ, जयन कुमार मोक्तान लगायत उपस्थित थिए ।

सभापति गोलेले चलचित्र निर्माणको क्रममा धेरै दुख गर्दै बनाएको सुनाउनु भयो । तीखो काँडा “म्युङ पुजू” लाई ढाक्ने वा छोप्ने भनेको माया प्रेम भएकोले चलचित्रमा यस्तै चरित्रलाई प्रेमको माध्यमबाट साम्य बनाउन सकिन्छ भन्ने सन्देश रहेको बताउनु भयो । प्रमुख अतिथी बिकु थोकरले सबै मिलेर अघि बढेमा तामाङ चलचित्र नेपालका आदिवासीहरु मध्येको उत्कृष्ट चलचित्र बन्नेमा ढुक्क रहेको बताउनुभयो । अहिले तामाङ चलचित्र संघ नितिगत विषयमा अघि बढिरहेकोले सबैको आलोचना भन्दा साथको आवश्यकता रहेको सुनाए ।

बिशेष अतिथी द्वय स्थानीय जनप्रतिनिधि जंग तामाङ र काली प्रसाद तामाङले चलचित्र टिमलाई क्रमशः रु १५०००/- र २००००/- सहयोग समेत गर्नु भयो । साथै चलचित्रको डकुमेन्ट सहित वडामा बुझाउएमा सकेको सहयोग समेत गर्ने बचन वद्दता गर्नु भयो । तामाङ चलचित्रले हाम्रो संस्कार, भाषा, भेषभुसा आदिको संरक्षण सम्बर्द्धन गर्ने भएकोले अझै अघि बढ्न स्थानीय तह र ब्यक्तिगत तर्फबाट सकेको सहयोग रहने बताउनुभयो । तामाङ चलचित्रमा लामो समय देखि अभिनय गर्दै आएका चर्चित कलाकार कुईसङ रुम्बाले उत्कृष्ट भिडियो बनेको बताउनुभयो । यसरी तामाङ फिल्मको भिडियो राम्रो बन्नु तामाङ चलचित्र संघको इज्जत र गर्वको कुरा भएकोले संघले यस तर्फ बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै बिशेष अतिथी विशाल काल्तानले जुनसुकै चलचित्रमा गित संगितको सबै भन्दा ठूलो महत्व हुने भएकोले गितको भिडियो मात्र राम्रो बनिरहेको छ र गितको भिडियो जस्तै चलचित्र राम्रो बनेन भन्ने सन्दर्भमा हामिले बिशेष ध्यान दिनु पर्ने बताए । चलचित्र संघले गित संगितमा लागेका व्यक्तिहरुलाई पनि समेट्नु पर्ने बताउनु भयो ।

यस गितमा तीन वटा गितहरु समाबेस गरिएको छ । जब माया बुजि , जकि जकि ए न्होङ्गै र जतिन क्रबा चु सेम ङला बोलको गितहरु रहेको छ ।

अब यो गित सार्वजनिक लगतै छिटो भन्दा छिटो जकि जकि र जतिन क्राबा बोलको गितको भिडियो समेत सार्वजानिक गर्ने निर्माण पक्षले जनाएको छ ।

कान्छि माया गोलेको निर्माणमा बनेको तामाङ चलचित्र म्युङ पुजुमा नायक इश्वर लामा , नायक प्रेम गोले , नायिका सुस्मा मोक्तान , नायिका डोल्मा तामाङ, खलनायक वीर बहादुर तामाङ (बिजय) र भुइसाल लामाको प्रमुख भुमिका देख्न सकिन्छ । बुबाको भुमिकामा राजकुमार स्याङतान, बिरमान स्याङतान रहेको छ । म्युङ पुजू रितुराज पाख्रीनको पटकथा तथा सुजन लामाको कथा लेखन रहेको छ ।

तामाङ चलचित्र राम्रै लगानि रहेको म्युङ पुजू उत्कृष्ट तामाङ चलचित्र बन्नेमा समेत ढुक्क छन निर्माण पक्ष बताउँछन् । अब छिटैनै प्रीमियर शो मार्फत दर्शक माझ ल्याउने तयारिमा रहेको बताउछन् । भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here