पोखरामा घेदुङ भवन सहयोगार्थ “टुहुरोला ह्लुई” प्रदर्शन हुने

0
31

२७ भदौ २०७६, पोखरा
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितीको आयोजनामा टुहुरोला ल्हुई प्रदर्शन हुने भएको छ । घेदुङको भवन निर्माणका लागि सहयोग साथै तामाङ समुदायको भाषा , कला-संस्कृती एवम् तामाङ चलचित्रको संरक्षण र प्रवर्द्धनको निम्ति पनि यो च्यारिटि शो महत्त्वपूर्ण रहेको घेदुङका जिल्ला अध्यक्ष टेक बहादुर तामाङले जानकारी गराए । च्यारिटि शो यहि भाद्र २८ गते बिहान ८ बजेबाट बिन्धवासिनी चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । टुहुरोला ल्हुईका मुख्य नायक नायिका एवम् निर्माता संग संगै फ्लिमको मज्जा लिन पाइने पनि आयोजकको दाबी रहेको छ ।

नव गठित समितीबाट आयोजना गरिएको यो पहिलो कार्यक्रम तथा पहिलो तामाङ चलचित्र शो रहेको छ । तामाङ जातिको मौलिक परम्परा साथै भाषिक पक्षलाई फ्लिममा बढी जोड दिइएकोले गर्दा पोखरामा बसोबास रहेको तामाङ समुदायको धेरै उपस्थिति रहने आयोजकको दाबी छ । यसरी पोखरामा तामाङ चलचित्र शो गरेर तामाङ भाषा, संस्कृति, कलाको जगेर्ना गर्ने प्रयास वास्तवमै नेपाल तामाङ घेदुङ पोखराको प्रशंसानिय कार्यको रुपमा सबैले लिनेमा पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here