गोल्चेबासी यसकारण दु:खि र आक्रोशित

0
143

२७ भदौ २०७६, सिन्धुपाल्चोक
प्रीतम तामाङ गोले
सिन्धुपाल्चोकको जुगल गाउँ पालिका वडा नं २ मा पर्छ गोल्चे गाउँ । यो गाउँ साविकको गोल्चे गा.वि.स. मै पर्छ । सिन्धुको कर्णालीको रुपमा चिनिने यो गाउँ बिकासको क्षेत्रमा अति नै पिछडिएको स्थान समेत हो । भौगोलिक अवस्थितिका कारण पनि यो ठाउँमा भने जस्तो सडक अनि अन्य भौतिक पुर्वाधार निर्माण गर्न केही कठिन देखिन्छ । तर पनि स्थानीय जुझारु युवाहरुको पहलमा विधुत सेवाबाट भने सुगम बनिसकेको छ । भौगोलिक रुपमा अप्ठ्यारा रहेकोले समस्या आईपर्दा पाएको सेवा सुविधाको भनें जसरी प्रयोग भने गर्न पाईरहेको अवस्था छैन । त्यस कारण समस्या ज्यूकोत्यु ।

गत भदौ १३ गतेको चट्याङले ट्रान्सफर्मरमा क्षति पुराए पछि गोल्चेमा विधुत सेवा अवरुद्द छन । विधुत सेवा नहुदा स्थानिय प्रत्यक्ष मारमा परेका छन । मर्मत कहिले हुने अझै अनिश्चित देखिन्छ।

स्थानिय भन्छन “चामाल छैन,मेल छैन,बजार जाउ भने बाटोको हालत उस्तै छन । बत्तीको निश्चित छैन । जीवन धान्न एकदम गार्हो भइरहेको छ । यतिका दिन सम्म विधुतबाट परिरहेको समस्यालाई न त कुनै नेता या कार्यकर्ता कसैले वास्त गरिएको देखिदैन । अहिले सम्म सम्बन्धित निकायहरू मौन बसिरहेको स्थानीयको गुनासो छ ।

विधुत कार्यालयमा यो समस्या पुराउँदा बाटोको कारण समस्या रहेको जवाफ फर्काउछन । प्रायः स्थानिय तहहरुमा वर्षेणी बिकासको नाममा लाखौं बजेट बाटोमा खर्च गरिरहेको भएतापनी सबै खोलामा बीउ छरे जस्तो भएको जनमानसबाट गुनासो बढिरहेको छ ।

चाडबाड नजिक आईरहेको बेला गोल्चेबासी अँध्यारोमा बस्न बिवश भएका छन । जनताको समस्याको सम्बोधन कसले गर्ने ?समृद्द जुगलको परिकल्पना गरेर बसेको जुगल गाउपालिका को जन प्रतिनिधिहरूले यस बारे सोच्नु आवश्यक छैन र ? सम्पुर्ण गोल्चेवासी यति बेला यति बेला दुखित र आक्रोशित समेत बनिरहेको गोल्चे भुमे परिवारले गोल्चे सन्चारलाई जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here