भोलि १२ बजे “म्युङ पुजू” को “जब माया बुजि” बोलको गितको भिडियो सार्वजनिक हुने

0
263

२६ भदौ २०७६, काठमाडौं
लामो समयको पर्खाइ र प्रतीक्षा पछि तामाङ कथानक चलचित्र म्युङ पुजुको उत्कृष्ट गित युटुब मार्फत एक कार्यक्रमको बिच सार्वजानिक हुने भयको छ ।

`जब माया बुजि´ बोलको प्रेम गितमा नायक इश्वर लामा पाख्रिन र नायिका सुस्मा मोक्तानको दमदार अभिनय देख्न सकिन्छ ।

विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गितमा स्वर पनि विशाल काल्तान र जितु लोप्चनको रहेको छ ।

चलचित्रका निर्देशक अजय स्याङतानलेनै निर्देशन गरेको भिडियोलाई बिक्रम मोक्तानले खिचेका हुन भने भिडियो उत्कृष्टनै बनेको निर्माण पक्षको दाबि रहेको छ ।

सार्वजनिक हुने औपचारिक कार्यक्रम भने भदौ २७ सुक्रबारको दिन काठमाडौंको जोरपाटी स्थित जुबि पेट्रोल पम्पको अगाढि जोरपाटी फेेेेमिलि क्याफे (JFC)  मा मध्यान्न १२ बजे हुनेछ ।

तामाङ कथानक चलचित्रमा तीन वटा गितहरु समाबेस गरिएको छ । जब माया बुजि , जकि जकि ए न्होङ्गै र जतिन क्रबा चु सेम ङला बोलको गितहरु चलचित्रमा समाबेस गरिएको छ ।

अब यो गित सार्वजनिक लगतै छिटो भन्दा छिटो जकि जकि र जतिन क्राबा बोलको गितको भिडियो समेत सार्वजानिक गर्ने निर्माण पक्षले जनाएको छ ।

कान्छि माया गोलेको निर्माणमा बनेको तामाङ चलचित्र म्युङ पुजुमा नायक इश्वर लामा , नायक प्रेम गोले , नायिका सुस्मा मोक्तान , नायिका डोल्मा तामाङ, खलनायक वीर बहादुर तामाङ (बिजय) र भुइसाल लामाको प्रमुख भुमिका देख्न सकिन्छ ।

तामाङ चलचित्र राम्रै लगानि रहेको म्युङ पुजू उत्कृष्ट तामाङ चलचित्र बन्नेमा समेत ढुक्क छन निर्माण पक्ष ।

असमर्थताका लागि सम्पर्क  – इश्वर लामा ९८५१११८७३२, प्रेम गोले ९८५११२५४३६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here