“नृत्य तथा राष्ट्रियता” विषयक कविता वाचन प्रतियोगिता सम्पन्न

0
55

२६ भदौ २०७६, काठमाडौं
“नृत्य हाम्रो अभिमान, कला र संस्कृतिको पहिचान” भन्ने मुल नाराका साथ नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र नं ३ को आयोजनामा अन्तर विद्यालय स्तरिय “नृत्य तथा राष्ट्रियता” बिषयक कविता वाचन प्रतियोगिता २०७६ भव्यतका साथ सम्पन्न भएको छ । कार्यक्रम क्षेत्र नं ३ का अध्यक्ष बुद्ध लामाको सभापतित्व, प्रसिद्ध हाँस्य व्यङ्ग्य कवि सैलेन्द्र सिमखडाको प्रमुख आतिथ्यता तथा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, गजलकार/कवि तथा प्रदेश नं ३ का उप सचीव भोला धरातलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । 

कविता प्रतियोगिताको निर्णायक तर्फ साहित्यकार बाजुराम पौडेल, लक्ष्मी रुम्बा तामाङ र गणेश खतिवडाले सम्हालेका थिए । राष्ट्रियता शिर्षकमा प्रथम होलि एन्जल पब्लिक स्कुलका इच्छा गुरुङ, तृतिया गणेश हिमाल स्कुलका सदिसा खड्का, दृतिया बाल गितान्जली स्कुलका प्रशान बुढाथोकीले हात पारे । त्यस्तै नृत्य शीर्षक तर्फ प्रथम टाईम लाईन स्कुलका प्रशुना बडाल, दृतिय बाल बाटिका स्कुलका गोकुल गोकुल महत र तृतीय तर्फ गोकर्णेश्वर लाईट एकाडेमीका श्री कृष्ण ढकालले हात पारे ।

कार्यक्रममा प्रमुख अतिथी सिमखडाले विभिन्न प्रकारका कविताहरु सुनाई भरपुर मनोरञ्जन समेत दिलाए । त्यस्तै साना विद्यार्थीहरुको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए । उपस्थित बिशेष अतिथी लगायत अतिथिगणले नृत्य संघको यो फरक विषयमा गरिएको कार्यक्रमको उच्छ मुल्यांकन गर्दै बदाई दिए । सभापती एवं नृत्य निर्देशक संघ काठमाडौं क्षेत्र नं ३ अध्यक्ष बुद्ध लामाले फरक विधामा प्रतियोगिता किन गरे भन्ने सन्दर्भमा प्रकश पार्नु भयो । “नृत्य र राष्ट्रियता” विषयक कविता वाचनबाट छानिएका उत्कृष्ट कवितालाई गितमा रेकर्ड गर्ने योजनामा नृत्य संघ रहेको प्रष्ट्याए । वास्तविक नृत्य के हो ? राष्ट्रियता के हो भनेर स साना नानीहरुले सोचेको भन्दा गहिराइमा गै कविताको मार्फत व्यक्त गरेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here