ब्लड क्यान्सरबाट ग्रस्त कमलाको लागि यसरी जुटाए नगद सहयोग

0
183

२२ भदौ २०७६, काठमाडौं                                  नेपाल अञ्जना क्रियसन र दुप्चेश्वर मिडियाको सहआयोजनमा भएको सांस्कृतिक कार्यक्रमबाट र विभिन्न देशबाट प्राप्त भएको ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग राशी एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

रकम ब्लड क्यान्सरका पीडित कमला प्रधान (तामाङ) को श्रीमान अनिस तामाङको हातमा हस्तान्तरण गरेका हुन् । उनको सहयोगार्थ अभियान नै थालेका थिए । अभियानले शनिबार काठमाडौं जोरपाटीमा ओयोजित बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरे ।

कार्यक्रममा ब्यक्तिगत लगानीमा आफ्नै गाउँमा पुल निर्माण गरेर चर्चा कमाएका नेपाल तरुणदल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जे लामाले नगद ५० हजार सहयोग गरेका थिए ।

कमलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक बैरागी मोक्तानले जानकारी दिए । मोक्तानले अभियान कमलाको उपचार नहुन्जेल निरन्तर जारी रहने बताए ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका- ५ की कमला विगत ६ महिनादेखि बिरामी भइ उपचाररत छन् । बिरामीका एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसक्दा सहयोग माग्न बाध्य भएको बिरामीका श्रीमान अनिसले बताए । ‘अहिले किमो थेरापी चलिरहेको छ,’ उनले भने, ‘तपाईहरुको सहयोगले पैसा जुटेमा ब्लड नै फेर्ने योजनामा छु । ब्लड फेर्नका लागि कम्तिमा १५-१६ लाख चाहिन्छ ।’

कार्यक्रममा राष्ट्रियस्तरका तामाङ कलाकारहरुले आफ्ना प्रस्तुति पस्किए । उनीहरुले आफ्नो कलामार्फत् सहयोग गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here