प्राणघातक मेनिङ्जाईटिज रोगले ग्रस्त मिङमार गोले डिस्चार्ज खर्च अभावमा बेड मै

0
525

२० भदौ २०७६, काठमाडौं
मानिस जन्मेपछी बाँच्नको लागि धेरै संघर्ष गर्नु पर्छ । यो जीवन जिउन अनेकन दुख, कष्ट गर्दै अघि बढ्नु पर्दछ । हामी अघि बढ्ने क्रममा कहिले काहीँ जिवनले नै धोका दिन्छ्न । सपनाहरु एकाएक तुहाउन बाध्य हुन्छ्न् । केही गरौंला भन्ने उमेरमै जिवनको भेगले एकाएक अन्धकार भित्र उडाएर लगि दिन्छन् र जीवन देखि निराशा बन्न बाध्य हुन्छन् । हो यस्तै उमेर मात्र २० वर्षको सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५, गुन्साका मिङमार गोले तामाङ यति बेला हस्पिटलको बेडमा डिस्चार्ज खर्चको अभावमा बसिरहेका छन ।

करिब ३ महिना अघि एक्कसी सामान्य ज्वरो, टाउको दुख्न थाले पछि उनलाई यो ब्यथाले च्याप्दै गयो । पछि काँप्ने, बर्बराउने गर्न थालेपछी गाउँघरमा लगेर झाँक्री लामा बिधिबाट अनेकन झारफुक गरे तर झनझन च्याप्न थालेपछी नेपाल मेडिकल कलेजमा भर्ना गराए । त्यहाँको उपचारले पनि नभएपछी मेगा हस्पिटल पाटन र त्यसपछी न्युरो हस्पिटल बाँसघारीमा उपचारको लागि लानु पर्यो । उनलाई ३ महिना देखि लगातार उपचार गराउँदा समेत केही सीप चलेन । डाक्टरका अनुसार उनलाई नशा सम्बन्धी प्राणघातक म्यानिङ्जाईटिज भन्ने रोग लागेको भनेर प्रमाणित गरे । जुन रोगका कारण उनको मष्तिस्कबाट पानी निकालेर उपचार गर्नु पर्यो । यता पानी निकाल्दै उपचार त गरे तर अर्को तर्फ उनको कम्मर मुनिको भाग नचल्ने भयो । बिपन्न परिवारमा जन्मेका मिङमार गोले तामाङको बुबाले आफू संग, आफन्त संग भएभरको संग सरसापट गरिसक्यो । सम्पत्ति सबै बेची सक्यो छोराको उपचारको लागि । अहिले सम्म करिब १३ लाख उनको उपचारमा खर्छ भैसकेको बताउँछन् उनका बुबा । अब हस्पिटल मै डिस्चार्ज मात्र गर्न पनि ३ लाख जति तिर्नु छ, अब निकालौ त्यो पैसा कहाँबाट तिर्ने, ननिकालौ हस्पिटलको चार्ज दिनको दिन थप्दै गैरहेको छ भन्छन ।

हो हामी धेरैले फाल्तु खर्छ गरिरहेका हुन्छौं । हामी मध्य धेरैले यस्तै बिरामी व्यक्तिहरुको लागि सहयोग पनि गरिरहेका हुन्छौं । के अब यस्तो अवस्थामा रहेको मोङमारलाई पनि सकेको धेर थोर सहयोग नगर्ने र ? कृपया यदि हामिले सहयोग गरे दुखमा फसेको उहाँको परिवारलाई राहत पुग्नेछ । दानी मनको व्यक्तित्वहरुले उहाँको बुबा न्हेमा घ्याल्बो गोले तामाङलाई सम्पर्क नम्बर : 9864277828 अथवा 9619262913 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here