सिन्धुपाल्चोकका रामचन्द्र तामाङ मिस्टर काठमाडौंमा भिड्ने

0
2508

१७ भदौ २०७६, काठमाडौं
आकर्षक शरीरका धनी जुगल गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका रामचन्द्र तामाङले राष्ट्रिय खुला मिस्टर काठमाडौं शरिरिक सुगठन प्रतियोगितामा भाग लिने भएको छ । उनी  रोजगारीको सिलसिलामा २०६५ देखि साउदी पुगेदेखि यस क्षेत्रमा जोडिएका थिए । यतिबेला भने उनी पहिलो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजयी नविन रानामगरको विशेष सहयोगमा यो क्षेत्रमा आकर्षित भएको बताउँछन् ।

यहि भदौ २० र २१ गते हुन गईरहेको राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा फिटनेश ग्यारोज काठमाण्डौबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि हुनेछन । तामाङ पहिलोपटक प्रतियोगितात्मक मैदानमा उत्रिएको हो ।

काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा हुने प्रतियोगितामा मिस्टर काठमाडौंतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि प्रत्येक तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गराई पाँच जना खेलाडीलाई फाइनल चरणमा छनोट गरिने छ । हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

समूहगत विजेता खेलाडीबीच पुनः प्रतिस्पर्धा पछि समग्रमा पहिलो हुने खेलाडीले ‘मिष्टर काठमाडौं’ को उपाधि जित्नेछ । उपाधिसँगै मिस्टर काठमाडौंले एक लाख ५० हजार रुपैयाँ र ब्यानेट प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here