मोलम युवा क्लबले असोज २० गते प्रथम बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

0
429

१ भदौ २०७६
सिन्धुपाल्चोक लिसांखुपाखर गाउँपालिका वडा नं १ ठुलोधादिङमा पर्दछ मोलम युवा क्लब । यस क्लबको पहिलो पुर्ण बैठक संगम लामाको अध्यक्षतामा यहि श्रावण ३२ गते नयाँ बस्ती क्लब जोरपाटीमा सप्पन्न भएको हो । उक्त बैठकले सर्वसम्मतिमा केही प्रस्तावहरु माथी छलफल गरि निर्णय गरेका छन् ।

क्लबले बिशेष गरि यहि आउँदो असोज २० गते प्रथम बृहत् सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेका छन् । कार्यक्रममा राष्ट्रिय ख्यती प्राप्त कलाकार तथा स्थानियहरुको बेजोड सांगितिक एवं संस्कृतिक कार्यक्रम गर्ने छन् । उक्त कार्यक्रममा छिमेकी गाउँका क्लबहरुलाई समेत निम्तो दिने र आ आफ्नो प्रस्तुति दिन चहानेलाई समेत स्वागत गर्नुका साथै सम्मान समेत गर्ने क्लबका अध्यक्ष संगम लामाले गोल्चे सन्चारलाई बताए । त्यस्तै बैठकमा उपस्थित क्लबका सल्लाहकारहरुले यस्ता कार्यक्रमको लागि आफुहरुले खेलेर सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

मोलम युवा क्लबको उदेश्यहरु यस्तो छन् ;
– स्थानीय प्रतिभालाई उत्थान गर्ने,
– विभिन्न खेलकुदहरुमा प्राथमिकता दिने,
– फुटबल खेलमा रुचि भएका १९ वर्ष भन्दा मुनिका खेलाडीलाई बिशेष प्राथमिकतामा राखेर सहयोग गर्ने,
– समाजिक बिकासको काममा क्लब समेत प्रत्यक्ष सहभागी हुने,
– समाजमा रहेका बिकृती बिसंगतीको अन्त्य गर्न प्रयास गर्ने । __________________________________________

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here