गलत समाचार सम्प्रेषण गर्नु भन्दा आधिकारिक धारणा लिएर आउनुस्  – हेलम्बु गा.पा. अध्यक्ष शेर्पा

0
663

१ भदौ २०७६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक हेलम्बु गाउँ पालिका प्राय मिडियामा छाईरहेका हुन्छन् । चाहे त्यहाँ भएका बिकास बजेट छिटो समयमा विनियोजित होस या हेलम्बु ग्रेट ट्रेल । यो सबै तिरको चर्चाको विषय बनिरहेको छ । यसै सन्दर्भमा हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र वडाका केही अध्यक्षको नाम जोडेर गाउँ पालिकाको जग्गा, नमुना विद्यालय, ग्रेट ट्रेल तथा अन्य बिकास निर्माणको कामको बारेमा विवादित समचार बाहिरिएका छन् ।गाउँ पालिका र अध्यक्ष संगै जोडिएर आधारहीन, कपोलकल्पित, पुर्वाग्रही समचार बाहिरिएको भन्दै अध्यक्ष शेर्पाले खण्डन गरेका छन् । अध्यक्ष शेर्पाको व्यक्तिगत फेसबुक वालमा लेखिएको धारणा जस्ताको त्यस्तै साभार :

“हेलम्बु गाउँपालिका र मेरो नाम जोडेर गलत  समचार प्रकाशन भएको देखे येसप्रती मेरो ध्यान आकर्षण भएको छ । मैले सबैलाइ सत्य कुरा जानकारी गराउन पर्ने महसुस गरे मेरो सुझाब मिडियाकर्मी साथिहरुले यथार्थ कुरा बुझेर मात्र समाचार सम्प्रेषण गर्दा राम्रो होला । जुन साथिले गाउँपालिकाको नाममा निबेदन दिनुभएको छ त्यस बिसयमा छलफल अगाडी बढाउन म जुनसुकै बेला जुनसुकै ठाउँमा बहस गर्न तयार छु । बिकाश बिरोधि साथीहरुको माग     
१. उहाँहरुको माग भनेको पहिलाकै ठाउँ साबिक किउल गाबिस कार्यालय भएकै ठाउँमा गाउँपालिका केन्द्र सार्नु पर्नी रे के यो ठिक छ ? छ भने यसरी गलत समाचार सम्प्रेषण गर्नुपर्ने जरुरी छैन आफ्नो पार्टिको आधिकारिक धारणा सहित आउनुहोस हामी छलफल गरि बहस गरेर निर्णयमा पुग्न तयार छौ ।         

२. मोडेल बिध्यालय बनाउन हुदैन रे  के यो कुरा ठिक हो ?        

३. हेलम्बु ग्रेट ट्रेल बन्द गर्नु पर्नी रे यो ठिक छ ?            
४. माहाङ्काल स्वास्थ केन्द्रलाइ बर्सेनि ५ करोड आउँथ्यो रे के यो साच्चै हो ? हो भने यो भन्दा अघिल्ला बर्षहरुको पैसा हामीले खोज्नु पर्छ कि पर्दैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here