सिन्धुमा गायक योगेश लामाकै अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गठन

0
105

२७ श्रावण २०७६, सिन्धुपाल्चोक
“हाम्रो अभियान , लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान , नव प्रतिभाको प्रोत्साहन” भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको तेस्रो साधरण सभा एवम् दोस्रो अधिवेसन सिन्धुपाल्चोकमा नयाँ कार्य समितिको चयन सहित सम्पन्न भयो ।

कार्यक्रम अध्यक्ष योगेश लामाको सभाध्यक्ष र राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पुर्षोत्तम थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

नयाँ कार्यसमिति पुन: योगेश लामाकै अध्यक्षतामा गठन भएको छ । प्रथम उपाध्यक्ष प्रदिप रोक्का , दृतिय उपाध्यक्ष होम सुवेदी, महिला उपाध्यक्ष राधिका ढकाल, सचिव सपना थापा , सह-सचिव आस्मान लोप्चन , कोषाध्यक्ष रिता बुढाथोकि , सह-कोषाध्यक्ष सरिता थापा मगर , सदस्यहरु रचना थापा , रेणु नेपाल, मदन कुमार थापा , साईमन भट्टाई , सागर प्रधान , रेशम प्रधान , सुनिता दुलाल , सरोज परियार , विबेक चौलागाई , सबिना कुवर , सपना गुरुङ र मैयाँ थापा मगर रहेका छन ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश -३ का अध्यक्ष बाशु सिम्खडा , प्रदेश सचिव भरत बर्लाकोटि, उपत्यका सदस्य भिम्सेन खतिवाडा लगायत विभिन्न जिल्ला बाट आउनुभएका ब्यक्तिहरुले शुभकामना मन्तब्य दिनुभयको थियो ।

पहिलेको कार्यकाल भन्दा अबको कार्यकालमा अझै चुस्त दुरुस्त ढंगले सबैलाई समेटेर अघि बढ्ने अध्यक्ष योगेश लामाले बाताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here