मातृभूमि युवा क्लबको आयोजनामा प्रथम गेगङकुण्ड धार्मिक पर्यटकीय महोत्सव

0
180

२७ श्रावण २०७६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ५ मा पर्ने धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित गेगङ कुण्ड दोम्बोङ्पोखरीमा प्रथम धार्मिक तथा पर्यटकिय तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि मिति २०७६ श्रावण ३० गते सम्पन्न हुँदै छ । गेशे फुछ्युङ्वा छ्योक्टुल दोर्जेछ्याङ रिन्पोछे ज्युको प्रमुख आतिथ्यता तथा पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बस्नेतको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सु सम्पन्न हुनेछन् ।

कार्यक्रम गेगङकुण्ड दोम्बोङ्पोखरी बिकास परिषद, मातृभुमी युवा क्लब नेपाल र हागङ युवा क्लबको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

यस कुण्डमा सदियौँ देखि यस वरपरमा स्थानीयहरु तथा बिशेष गरि झाँक्रीहरु बिशेष पुजापाठको लागी  हरेक वर्षको जनैपूणिर्माको दिन यहाँ पुग्ने गरेको मातृभूमि नेपाल युवा क्लबका अध्यक्ष नविन्द्र कुमार योन्जनले गोल्चे सन्चारलाई बताए । त्यसै गरि काठमाडौं देखि अत्यन्तै नजिकको दुरिमा पर्ने यस स्थललाई स्थानीय तह तथा सम्बन्धित निकायहरुले समेत वेवास्त गरेकोले अहिले आयोजक क्लबको उद्देश्य अनि योजना अनुसार आफुहरु यस स्थलको प्रचारप्रसारको लागि लागि परेको समेत जनाए ।

कार्यक्रमलाई आकर्षक अनि मनोरञ्जनात्मक बनाउनका लागि ख्यती प्राप्त कलाकारहरु गायक एवं संगितकार विशाल काल्तान, गायिका शशिकला मोक्तान, गायक आस्मान लोप्चन, जेबि जिम्बा, प्रीतम तामङ, आशा लामा, दिपा दोङ, अनुस्का दोङ, लेखनाथ आचार्य, सन्देश लामा लगायतले सांगीतिक प्रस्तुती समेत दिनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here