मङ्गोलहप र्याप विधाको स्थापना

0
94

२७ श्रावण २०७६, काठमाडौं
संगितको पनि विभिन्न विधाहरु हुने गर्दछन् । क्लासिकल, सेन्टिमेन्टल, पप, हिपहप, र्याप, सेलो, लोक दोहोरी आदि इत्यादि । संगितको माध्यमबाट मन भित्रको दुख, सुखका कुराहरु ओकाल्ने गर्दछन् । संगितबाट भावना पिर अनि व्यथा समेत बाहिरा ल्याउछन् । क्रान्तिमा संगितको प्रयोग हुन्छ । प्रेममा अनि हार अनि जितमा समेत । यस्तै क्रममा नेपालमै केही युवाहरु मिलेर एक संगितको नयाँ विधाको स्थापना गरिएको छ । जसलाई मङ्गोल हप (Mongol Hop) भनेर नामकरण समेत गरेका छन । यसै सन्दर्भमा यसका संस्थापक रोजित ग्याल्जेन तामाङ संग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ ।

– मङ्गोलहप (MongolHop) के हो ?
मङ्गोल हप (mongol hop) एउटा  सन्सारकै लागि नौलो अनि विशुद्ध र्याप सङ्गितको बिधा हो । वर्ण विभेद, लैङ्गिक विभेद समाजमा भएको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कुरिती, कुनिती, कुसंस्कार र अन्धासंस्कार संस्कृती विरुद्ध सङ्गितको माध्यमबाट बिद्रोह ओकाल्दै मौलिक, भासा, धर्म, संस्कृती, मौलिकपन, आफ्नोत्व र अस्तित्व बचाउनको लागि  सांस्कृतिक क्रान्ति, चेतना र शिक्षा हो । र्याप सङ्गित विधाबाट बिश्वलाई हेर्ने एउटा दर्शन (दृस्टिकोण) हो ।

– मङ्गोलहपको जन्म किन भयो ?
मङ्गोलहप मुख्यत बर्णविभेदको विरुद्ध जन्मेको हो । नेपालभित्र असली लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयताको वकालत गर्दै आएको एकमात्र राजनैतिक सङ्गठन “मङ्गोल नेसनल अर्गनाइजेसन” को पाँच क्रान्ति राजनैतिक, धार्मिक, शैक्षिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक क्रान्तिको एउटा महत्त्वपूर्ण क्रान्ति मध्येको एक सांस्कृतिक क्रान्ति हो । MNO का फाउन्डर प्रेसिडेन्ट युग पुरुष डाक्टर गोपाल गुरुङ ज्युले नेपालको ८०% अहिन्दु मुलबासी मङ्गोल समुदायको अस्तित्व र मानव अधिकारको लागि आफ्नो जीवन बलिदान, त्याग, तपस्या गरेर जन्माएको मङ्गोल दर्शनको देन हो । यहि मङ्गोल दर्शन बिश्वसामु सुनाउन र बुजाउन जन्मेको हो । नेपालभित्र २०% हिन्दु आर्यनले ८०% अहिन्दु मुलबासी मङ्गोललाई गरिरहेको शोषण ,दमन र थिचोमिचोको विरुद्ध खबरदारी गर्दै ती दर्दनाक कथा ब्यथा गाथा सुनाउन जन्मेको हो ।

– मङ्गोलहपको उदेश्य (लक्ष्य) के हो ?
मङ्गोलहपको प्रमुख उद्देश्य लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयतासहितको सामनता ,स्वतन्त्रता र भातृत्वमय समाज,
मङ्गोलहपको बिस्वब्यापी अवाज , भन्ने मुल नारा र उद्देश्य सहित जन्मेको हो । जुन सिद्धान्त र दर्शन नै बुद्ध दर्शन र मङ्गोल दर्शनको देन हो । मानव समाजको लागि अमृतरुपि बुद्ध दर्शन र मङ्गोल दर्शनलाई विश्व मानव समुदायलाई सुनाउन हामी राष्ट्रिय अन्तर्राष्ट्रिय भाषाको माध्यमबाट अघि बढ्ने लक्ष्य लिएको छ ।

– मङ्गोलहपको लोगो र झण्डा को बारेमा बताईदिनुस् न ?
एउटा गोलो पृथ्वी छ जसको अर्थ विश्व, सन्सार हो । अलि मुनितिर हेडफोन छ त्यो सङ्गितको प्रतीक पनि हो । सुन्ने र सुनाउने माध्यम पनि । अलि मुनि MongolHop लेखेको छ । यो र्याप विधाकै नाम हो । mongol भनेको वर्ण र अस्तित्व हो भने Hop भनेको ज्ञान,शिक्षा अथवा चेतना हो । र बीचमा रातो रङको मानविय मुटुलाइ प्रतिनिधित्व हुने गरि एउटा मानविय मुटु राखिएको छ । र त्यसको दायाँ डाक्टर गोपाल गुरुङ र बायाँ महामानव सिद्धार्थ गौतम बुद्धको तस्बिर राखिएको छ । यसको अर्थ हो मङ्गोलहप र्याप विधा बुद्ध दर्शन र मङ्गोल दर्शनबाट अभिप्रेरित र्याप सङ्गीत विधा हो । मुटुको मुनितिर दुइवटा हात छ यसको अर्थ हो हामी जहाँ जुनसुकै ठाउँमा रहे पनि हाम्रो हात र कर्म सधैं मानवतामा आधारित हुनुपर्छ भन्ने हो । र अन्तिममा यो लोगोलाइ बिचमा राखी चार कुने झण्डा राखिएको छ यसलाई पहेँलो रङले ढाकिएको छ पहेँलो रंगको अर्थ महामानव सिद्धार्थ  गौतम बुद्ध र बिश्वको सिङ्गो मङ्गोल वर्ण र अस्तित्व बोकेको  मङ्गोल समुदायको प्रतीक अथवा रङ्ग पनि ।

– मङ्गोलहपको उत्पत्ती, जन्म अथवा स्थापना कहिले भएको हो ? र यसमा अहिले कतिजना सदस्य हुनुहुन्छ ?
यसको उत्पत्ति अथवा स्थापना 2019 august 9 शुक्रबार भएको हो । अहिले हामी तीनजना मेम्बर छौ । म ग्याल्जेन दोर्जे तामाङ (Mongol Gyalz Lee), ग्याल्छेन रुम्बा (Prince G.) र अनोज ग्याल्जेन तितुङ्ग ( Mongol Buddha ) छौं ।

– अन्तिममा बिश्वले हिपहप भनेर र्याप गाउँछ तर तपाईहरु चाहिँ मङ्गोलहप विधा नै जन्माएर गाउनुको तात्पर्य के हो ? हिपहपलाई उपेक्षा भएन र ?
हिपहपको ऐतिहासिक पृष्ठभुमिलाई नियालेर हेर्ने हो भने अमेरिकामा गोरा आर्यहरुले  कालो निग्रो वर्णको समुदायलाई पशुत्व व्यबहार गरेकै कारण निग्रोहरुले सुरुवात गरेको एउटा सास्कृतिक क्रान्ति थियो । वर्णबिभेदको विरुद्धको जिउँदो अवाज थियो । हिपहपलाई म सम्मान गर्छु र कलाकारहरुलाई पनि, तर पछिल्लो समय बिश्व हिपहप सङ्गित जगतलाइ हेरे यो त केवल समाजमा बिकृती, बिसङ्गति र खराब संस्कृती भित्र्याउने माध्यम मात्रै पो रहेछ त्यसैले यसलाई हामीले बहिष्कार गरेका हौ । बिरोध होइन, तर हामि ढुक्क छौं हामी यस्ता कुकृत्यहरुलाई चिरेर बिस्वलाइ असली र्याप दर्शन सुनाएर बुजाएर छरेर विश्व मानव समुदायलाई भेदभावरहित विभेदरहित मानवतामा आधारित समाज निर्माणको लागि मङ्गोलहप र्याप सङ्गितको माध्यमबाट उत्प्रेरित गरिराख्नेछौ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here