काठमाडौं क्षेत्र नं ३ नृत्य निर्देशक संघको अध्यक्षमा बुद्ध लामा

0
247

२७ श्रावण २०७६, काठमाडौं
दुई दशक देखि नृत्य क्षेत्रलाई आफ्नो करियर बनाउदै अघि बढिरहेका काभ्रे कोशिपारीका बुद्ध लामा नृत्य निर्देशक नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र नं. ३ शाखाको अध्यक्षमा निर्वाचित भएको छ ।

गएको शनिबार सम्पन्न प्रथम अधिबेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिमा दुई उपाध्यक्षमा महेश थापा र अर्जुन लामा, सचिब देवराज गुरुङ, सहसचिब बिमला राई, कोषाध्यक्ष सर्मिला तामाङ, सहकोषाध्यक्षमा छिरिङ लामा चयन गरेको छ ।
सदस्यहरू अनिल भुजेल, लक्ष्मी पुरी, सरस्वती पोखरेल, निरु फुयाँल, सहदि पन्त र सुरज श्रेष्ठ रहेका छन् ।

अधिवेशन संस्थाका निबर्तमान अध्यक्ष दक्षिणा लामाको अध्यक्षता र केन्द्रीय समितिका अध्यक्ष भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

लामा विगत देखि नै नृत्य क्षेत्रमा आबद्ध छन् । उहाँले नृत्यकै क्षेत्रमा ” सिद्धार्थ कला केन्द्र” स्थापना गर्दै सन्चालन समेत गरिरहेका छन । त्यस्तै चलचित्र, लोक दोहोरी, सेलो जुहारी, पप, सेलो पप जस्ता गितहरुको थुप्रै म्युजिक भिडियोहरु समेत निर्देशन गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here