२६ श्रावण २०७६, सिन्धुपाल्चोक
हिजो २५ गते सिन्धुपाल्चोक जिल्लाका बाख्रा पालक किसानहरुको भेलाले राम प्रसाद गौतमको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सहितको “नेपाल व्यवसायिक बाख्रा पालक महासंघ सिन्धुपाल्चोक” गठन गरेको छ । सिन्धुपाल्चोक जिल्लाका 12 वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कार्य समिति गठन गरिएको हो ।
उक्त भेलामा नेपाल बाख्रा पालक महासंघका केन्द्रीय अध्यक्ष श्री श्याम कुमार पोखरेल, नेपाल बाख्रा पालक महासंघ ३ नं. प्रदेशका सचिव श्री दिपक कुमार गौतम र चौपाया सेवा संघका अध्यक्ष श्री भानुभक्त पराजुलीले व्यवसायिक बाख्रा पालन तथा बजार व्यवस्थापन सम्वन्धि विविध विषयमा प्रशिक्षित समेत गरिएको थियो । जिल्लाका बाख्रा पालक किसानको हकहितका लागि दत्तचित्त भई आफु र आफ्नो कमिटी लागि पर्ने नव-गठित महासंघका संयोजक गौतमले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
कार्यसमितिका पदाधिकारीहरु तपसिल छ्न् ।
संयोजक राम प्रसाद गौतम
सह-संयोजक धन दोर्जे तामाङ
सचिव निल बहादुर लामा
कोषाध्यक्ष अम्विका नेपाल