बौद्ध स्तुपा भित्र हुने बिरोध, जुलुस तुरुन्त बन्द गर्न ३६ संघसंस्थाको ध्यानाकर्षण

0
480

२६ श्रावण २०७६, काठमाडौं
विश्व सम्पदा सुचिमा रहेको बौद्धमार्गीहरुको आस्थाको केन्द्र बौद्धनाथ क्षेत्रमा विगत केही समय देखि वादविवाद भैरहेको छ । जसका कारण उत्पन्न परिस्थितिले गर्दा बौद्ध धर्म माथी नै आघात पुगेको निष्कर्ष सहित ३६ संघ संस्थाहरुले सम्बन्धित संघसंस्था एवं सरकारलाई समेत ध्यानाकर्षण सहितको बिज्ञाप्ती निकालेका छन् ।

बिज्ञाप्तिमा पवित्र स्थल, शान्तिको प्रतिकको रुपमा बिश्वले चिनिने स्थलमा भएका यस्ता गतिविधिले बाैद्ध दर्शनलाई नै बदनाम, कुप्रचार, दुस्प्रचार र धार्मिक अनास्था फैलाउने कामको एउटा रुप भएको जनाएको छ । यसर्थ सम्पूर्ण बाैद्ध धर्ममा विश्वास गर्ने विश्वका बौद्धमार्गिहरुमा समेत यस्ता कार्यको घोरभर्सना गर्न अपिल समेत गरिएको छ ।

बिश्वबाट बुद्ध धर्म प्रेमीहरु नेपालमा धेरै मात्रामा पर्यटकको रुपमा समेत भित्रिने कारण देशको अर्थतन्त्रमा समेत ठूलो सहयोग पुगिरहेको छ । यस्तो अवस्थामा बिश्व शान्तिको अग्रदुत गौतम बुद्धको देशमै यस्ता बिरोध, धर्ना, जुलुस गरि बिश्वको ध्यान आकृष्ट हुने स्थलमा यस्ता गतिविधि भैरहेमा नेपाल भ्रमण वर्ष 2020 समेत प्रभावित हुने जनाएको छ ।

बौद्ध स्तुपा क्षेत्र भित्र र बुद्धको जन्मस्थल लुम्बिनीको भैरहवामा भएको बुद्धको मुर्ति तोडफोड गर्ने कार्य अवान्छित गलत तत्वहरुले विभिन्न बहानामा बौद्धमार्गीहरु माथिको प्रहारको रुपमा लिएको बताएका छन् । यी र यस्ता ठाउँहरुमा हुने अनावश्यक वादविवाद, गलत कार्यहरुलाई रोक्न, संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गर्न सम्पुर्ण बौद्धमार्गीहरुको परम कर्तव्य रहेकोले एकजुट हुन समेत अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here