लोकप्रिय गायक जेबि जिम्बाको टिकटक भिडियो यस्तो बन्यो

0
310

२५ श्रावण २०७६, काठमाडौं
अडियोमै ढेड लाख भन्दा बढिले रुचाएको “खेल्छौं टिकटक फेसबुक” बोलको गितको अफिसियल म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । लामो समयको पर्खाई पछि स्रोता दर्शक माझ गायक जेबि जिम्बा र गायिका सिर्जना स्याङतानको सुमधुर आवाजमा खेल्छौ भिडियो सार्वजानिक भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको उत्तरि भेग जुगल गाउँ पालिका वडा नम्बर ५ बराम्चिमा जन्मेका गायक जेबि यति बेला गित संगितमा निरन्तर लागि रहेका छन । गायक जिम्बाकै शब्द तथा संगितमा रहेको गितलाई संगित संयोजन भने जोग लाल लामाले गरेका छन् ।

अभि लामाको निर्देशन बनेको भिडियोलाई सुर्य लामाले छायांङ्कन तथा सम्पादन गरेका हुन । जिग्मे मिडियाको युट्युब च्यानल बाट सार्वजानिक भएको भिडियोमा अनिता गोले , सुजल तामाङ , सुरेश लामा र बिनिसा तामाङको दमदार अभिनय रहेको छ ।

जिम्बाको अहिले सम्म आदा दर्जन भन्दा बढि गित रेकर्डिङ भयपनि युटुबमा भने ,लेक लेक चर्ने , सिन्धु त पाल्चोके च्याङबालाई , जाँउ हिड सहर लगायत टिकटक बोलको गितलाई युटुबमा भेटाउन सकिन्छ । भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here