विद्यालय वरिपरि जंक फुड निषेध

0
106

२० श्रावण २०७६, सिन्धुपाल्चोक
विद्यालयहरुमा विद्यार्थीहरुले घरमा बनाउने खानेकुरा भन्दा बढी बाहिरी खानेकुरा खाना बढी रुचाएपछी त्यसले स्वस्थ्यमा समस्या आउने भन्दै पत्रु खाना (जंक फुड) निषेध गरेका छन । यो निषेध सुचना तथा नियम सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिकामा लागू गरिएको हो । पालिकाका ८ वटै वडा भित्रका सम्पुर्ण सामुदायिक विद्यालयको ५० मिटर वरपरका स्थानहरुमा चटपटे, पानीपुरी, चाउचाउ, लेज, बिस्कुट जस्ता पत्रु खानेकुरा अर्थात् जंक फुड बेच्न र खानाको लागि निषेध आज्ञा जारी गरेका छन ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख उत्तममणि पौड्यालले हस्ताक्षर गरिएको पत्रमा पत्रुखानेकुराले बिद्यार्थीहरुको स्वास्थ्यमा गम्भिर असर गर्ने र खर्चिलो समेत हुने भएकाले यसमाथि प्रतिबन्ध गरिएको जानकारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here