सिन्धुपाल्चोकमा बाख्रा व्यवसायी संघ गठन हुँदै, सम्बन्धित सबैमा उपस्थिति हुन आग्रह

0
415

१८ श्रावण २०७६, सिन्धुपाल्चोक
प्रीतम कुमार तामाङ
बाख्रा पालन व्यवसायी किसानहरुको हक हित तथा पेशा विशिष्टिकरण गरी अधिक नाफा आर्जनका सम्भावनाको अध्ययन र सहजिकरणका लागि बाख्रा पालक किसानहरु आफैं एकजुट हुनुपर्छ भान्ने मुल उद्देश्यका साथ सिन्धुपाल्चोक जिल्ला बाख्रा पालन व्यवसायी संगठन गठन गर्न लागेको छ । 

बाख्रा पालन व्यवसायी संघको केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. ३ क्षेत्रीय पशुस्वास्थ्य कार्यालय चरिकोट दोलखाको प्रमुख समेतको उपस्थितिमा मिति २०७६ साल श्रावण २५ गते शनिवार संघ गठन गरिने जानकारी गोल्चे सन्चारलाई प्राप्त भएको छ । यस कार्यक्रममा तथा संघमा सामेल हुनको लागि सिन्धुपाल्चोक जिल्लाका ईच्छुक बाख्रा पालक किसानहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक आमन्त्रण समेत गरेका छन ।

सम्पर्कको लागि संयोजक
राम प्रसाद गौतम
सम्पर्क:-
१. राम प्रसाद गौतम 9851159630
२. निल बहादुर लामा 9851178113
नोट : स्थानको बारेमा पछि जानकारी गराईने छ वा सम्पर्क गरि बुझ्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here