सुनकोसीमा खसेको बल टिप्न जाँदा एक विद्यार्थी बेपत्ता खोजिकार्य जारी

0
208

१६ श्रावण २०७६, काठमाडौं                           प्रीतम कुमार तामाङ
सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ खाडिचौर स्थित बालशिक्षा माबिमा कक्षा ७ मा अध्यनरत छात्र बिजय नेपाल सुनकोसी नदिमा बेपत्ता भएको छ । चौरमा बल खेल्दै गर्दा बल अचानक खोलामा खसेपछी तारबार नाघेर बल निकाल्न जाँदा खोलाले बगाएको हो । घटना आज बिहान करिब ९:२० बजेको समयमा घटेको हो ।

घटना पश्चात् स्थानिय निकाय, स्थानियबासी, आफन्तजनले स्थानीय रिसोर्टका र्याफ्टिङ प्रयोग गरि निरन्तर खोजिकार्य जारी रहेको जानकारी प्राप्त भएको छ । यो समाचार तयार हुने समय सम्म बेपत्ता बालक भेटिएको छैन ।                  _________________________________

गाउँघरको सुखदुःख यस्तै छ हजुर (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here