आदिवासीको आन्दोलनलाई टेरेन सरकारले, अब के होला ?

0
332

५ श्रावण २०७६, काठमाडौं
आदिवासी जनजाती, मधेसी, दलित, महिला, मुस्लिम, उत्पीडित जाती, पिछडिएका लगायतले समाबेशी लोक सेवा बिज्ञापन नगरिएको बिरुद्धमा लगातार बिरोध र आन्दोलन गर्दै आएको छ ।

वर्तमान सरकारले संविधानमै सुरक्षित आरक्षण कोटा हटाएकोले बिरोधमा उत्रेका हुन । यस निर्णयको विरुद्धमा संघर्ष गर्नकै लागि भनेर आरक्षण बचाउ अभियान नै थालेका छन । अभियानले पटक पटक फरक किसिमले सरकारको यस निर्णयको बिरोध गरिरहेको पनि छ । कहिले राँके जुलुस, कहिले सिटि जुलुस, कहिले पुत्ला दहन, कालो झण्डा देखाउने सम्मको बिरोध गरिसकेका छन ।

लोकसेवा मार्फत देशका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग्दै बिज्ञापन खुलाएको थियो । विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षामा साँढे चार लाख जनाले आवदेन दिएका थिए । बिरोध र अन्योल कै बिच विज्ञापन अनुसार लोक सेवाले शनिबार बिहानदेखि परीक्षा सुरु गरेकाे छ ।  हिजोबाट संचालित परिक्षाको प्रश्न पत्र समेत च्यातिए तर पनि सरकार आफ्नो निर्णयबाट पछि हटेन र आन्दोलनलाई टेरेनन् । यता आन्दोलन भने अझै निरन्तर भै रहेको र बिज्ञापन फिर्ताको माग गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here