अनलाइन ढुवानी VCTS फिर्ता नलिए नेपाल मदिरा ब्यबसायी महासंघले कठोर आन्दोलन गर्ने

0
1206

५ श्रावण २०७६, काठमाडौं
नेपाल मदिरा ब्यबसायी महासंघको केन्द्रिय कार्यालय बसुन्धारामा हिजो महासंघका अध्यक्ष श्री सोनाम शेर्पाको अध्यक्षतामा आकस्मिक बैठक बसेको छ । बैठकमा सरकारले ल्याएको वेभमा आधारित अनलाइन ढुवानी सवारी साधानको अनुगमन प्रणाली VCTS (Vehicle & Consignment Tracking System सम्पुर्ण मदिरा ब्यबसायी बिरुद्ध रहेको, यसले ब्यबसायीलाई आतंकित अनि सशंकित गरेको निष्कर्ष सहित प्रेस बिज्ञाप्ती निकालेका छन् ।

सरकारले पर्याप्त पुर्वाधार निर्माण बिना नै यस्तो निर्णय गरेकोमा महासंघले आपत्ति जनाएका छन । देशको सम्पुर्ण ठाउँहरुमा अहिले सम्म ईन्टरनेटको सुविधा नभएको, आवश्यक दक्ष जनशक्ति नभएको स्थितिमा सरकारको यस्तो निर्णयले देशमै केही गरौं भन्ने युवाहरु हतोत्साहित हुने समेत प्रेस बिज्ञाप्तिमा उल्लेख छ । साथै यसको बिरुद्धमा र श्रमिकहरु PAN मा अनिवार्य दर्ताको विषयमा सम्पुर्ण ब्यबसायी आन्दोलित भै रहेकोमा महासंघको पनि साथ समर्थन रहेको स्पष्ट पारेका छन । यस्ता अनावश्यक रुपमा ब्यबसायी, श्रमिकलाई अप्ठ्यारोमा पार्ने
निर्णयको जोडदार रुपमा फिर्ता लिनको लागि समेत महासंघले माग गरेका छन ।

त्यसै गरि आज ५ गते नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष, उद्योग बाणिज्य महासंघ का अध्यक्ष, र अन्य बस्तुगत संघ संस्था का अध्यक्ष हरु संग भेटी छलफल गर्ने र vcts  र श्रमिक को pan को निर्णय खारेजी नभएमा चरणबद्ध रूपमा आन्दोलन को घोषणा गर्ने समेत निर्णय गरिएको जनाए । प्रेस बिज्ञाप्ती : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here