पद र शक्तिको दुरुपयोग गरेको भन्दै मन्त्री यादवले हटाए स्वकिय सचिब विष्ट

0
131

३ श्रावण २०७६, काठमाडौं
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेतृत्व गर्ने नेकपा माओवादी पार्टी हुँदाको विद्यार्थी संगठनको अध्यक्ष रहेको सन्तोष विष्टलाई स्वकीय सचिव बनाएका थिए । मन्त्री यादवको बिश्वास पात्रको रुपमा चिनिने उनले यसै कारण अवसर प्राप्त गरेका थिए । समय संधै एकनास हुँदैन भन्ने भनाइ सबैलाई अवगत नै छ । यति बेला उनलाई स्वकिय सचिबबाट हटाईएको छ । हटाउनुको कारण उनले पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभमा लिप्त भएको मन्त्रालय स्रोतले बताएकाे छ ।

वर्तमान सरकारको फेरबदल मन्त्रीको सुचीबाट हट्ने पहिलो नम्बरमा रहेको भनिने मन्त्री यादवको सचिवालयबाट विष्ट आउट भएको हो । उनी संगै अन्य दुई सचिवालय सदस्य समेत छन ।

उनै सन्तोष विष्टका कारण मन्त्री यादवको कार्य सम्पादनमा सफल हुन नसक्नु  मुख्य भूमिका रहेकाे निष्कर्ष पछि सचिवालय फेरबदल गरेको स्रोत बताउछ । विष्टले सम्हालेको रिक्त स्थानमा  देवशरण यादव “बिक्रान्त” लाई ल्याइएकाे खबर समेत प्राप्त भएको छ ।

“बिक्रान्त” विगतमा मातृका यादवले मूलधारबाट छुट्टिएर गठन गरेकाे नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका थिए । उनी कानून व्यवसायी पनि हुन्  । आफ्नो सर्कलमा स्वच्छ छवि  बनाएका भनिएका “बिक्रान्त” नेकपामा राम्रा कार्यकर्ताका रुपमा परिचित छन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here