लोकसेवाको परीक्षा केन्द्रमा गएर धर्ना अनि प्रश्न पत्र च्यातिन्छ

0
147

३१ असार २०७६, काठमाडौं
प्रीतम कुमार तामाङ
सरकारले लोकसेवा आयोग मार्फत लिने परिक्षा संविधानमा कायम गरिएको अधिकार लत्याउँदै आफू खुशी गरेको आरोप लगाउँदै विभिन्न आदिवासी, मधेसी, मुस्लिम, महिला, अपांग सम्बन्धित संघ संगठनले माईतीघरमा आज संयुक्त बिरोध जनसभा गरेका छन । सभालाई सफल पार्न उपत्यकाका सुन्धारा, बानेश्वर, ललितपुर, त्रीपुरेश्वर लगायत ठाउँहरुबाट झाँकी सहित नारा जुलुस गर्दै मण्डलामा उपस्थित भएका हुन । कार्यक्रमको आयोजना भने “आरक्षण बचाऔं आन्दोलन” ले गरेका हुन् ।

लोकसेवाले सुरक्षित गरेका आरक्षण कोटालाई मनोमानी ढंगले हटाएको भन्दै यस अघि पनि राँके जुलुस, सिटि जुलुस गर्दै आएको थियो । केही दिन अघि लोकसेवाको आवेदन खारेज गरि पुनः गर्नुपर्ने माग राख्दै प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित कार्यक्रममा कालो झण्डा देखाउँदै चर्को बिरोध समेत गरेका थिए ।

जनसभामा उपस्थित मन्तव्य दिने व्यक्तित्वहरुले तुरुन्त आवेदन खारेजी गर्नु पर्ने, समावेशिताको नियम अनुसार परीक्षा गर्नु पर्ने, मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोग प्रमुख उमेश  मैनालीले राजीनामा दिनुपर्ने भन्दै चर्को नाराबाजी गरे । साथै यदि सरकारले पिछडिएको समुदायको यो आवाज छिटो सुन्दैन भने लोकसेवाको परिक्षाको केन्द्र केन्द्रमा गएर धर्ना र प्रश्न पत्र च्यात्ने सम्मको  आन्दोलन गर्ने समेत बताए । यसै विषयमा सरकारको निर्णय संविधान भन्दा बाहिरा भएको भन्दै सर्बोच्च अदालतमा रिट समेत दायर भएको छ । जुन सुनुवाइको चरणमा नै छ । भिडियो रिपोर्ट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here