अरु संग हैन आफैं संग प्रतिस्पर्धा गरौं – चर्चित नायक आमिर दोङ

0
289

२८ असार २०७६, काठमाडौं
चर्चित नायक अमिर दोङ निर्देशित तामाङ लभ सङ “म्हेन्दो ह्राङ्बा” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । जोरपाटीमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै नायक दोङले हामिले मिडिया क्षेत्रमा एक अर्का संग प्रतिस्पर्धा गरेर अघि बढ्ने हैन कि हामी आफैं ले आफै संग प्रतिस्पर्धा गरेर अघि बढेमा हाम्रो कला क्षेत्रले लाभ लिन सक्ने बताए ।

रिदम तामाङ र शृजना स्याङ्तानको स्वरमा सझिएको गितको शब्द सज्जन स्याङ्तान, संगित सन्जिव वाईबा, संगित संयोजन तथा मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियो तर्फ नव मोडल सुजिना गोलेको धमदार लुक्सलाई प्रदिप मोक्तानले साथ दिएका छन् । एक पछि अर्को गर्दै राम्रो अभिनय तर्फ अघि बढिरहेकी मोड गोलेको यो प्रस्तुतिले भविष्यमा राम्रो अवसर पाउने पक्का छ । यस भिडियोलाई बिक्रम मोक्तानले छायांकन गरिएको हो । भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here