पुर्णमान तामाङलाई उपचारको लागि आर्थिक सहयोग

0
203

२५ असार २०७६, काठमाडौं
अर्थिक अवस्था कमजोरिका कारण उपचार गर्न कष्ट परिरहेको बेला नेकपाका केन्द्रीय सदस्य तथा पुर्व कनुन मन्त्रि शेर बहादुर तामाङको हात बाट बिरामी पुर्णमान तामाङलाई हस्तान्तरण गरिएकोको छ । उक्त रकम समाजसेवि लायुर लामा र अम्बिरदास श्रेष्ठको नेतृत्वमा नेपाल र मलेसियाको (Straits Orthopedises Company) मा कर्यरत नेपाली बाट संकलन गरिएको हो ।

बिरामि पुर्णमान तामाङको श्रीमति सिता माया तामाङ र भाई सौगात तामाङको हातमा नगद रु १४३१००/- (एक लाख त्रिचालीस हजार एक सय रुपैयाँ) हस्तान्तरण गरेको हो ।

यो भन्दा अघि पनि बिरामिलाई रु १८६०००/ एक लाख छयासि हजार रुपैयाँ सहयोग गरेको थियो ।

करिब तीन महिना देखि पुर्णमान तामाङको त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।

दैनिक उपचारमा १ लाख भन्दा बढि खर्च हुने र भयभरको पैसा सबै उपचारमै सकि सकेकोले उपचारनै गर्न नसक्ने अबस्थामा सहयोग प्राप्त हुदा धेरै राहत मिलेको बताउँछन- पुर्णमानका श्रीमति सितामाया तामाङ ।

अहिले भने पुर्व मन्त्रि शेर बहादुर तामाङको पहल कदमिमा आई.सि.यु भेन्टिलेटर र अन्य परिक्षण नि:शुल्क गरिएको छ । जस्को कारण अहिले उपचारमा धेरै सहज भएको बताउँछन ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ९ साबिक भोटसिपा-४ छापडाँडाका ३५ बर्षिय पुर्ण मान तामाङ GBS नामक किटानुको संक्रमणबाट ग्रसित भइ उपचारको क्रममा काठमाडौ ल्याएको थियो ।

बिरामि पुर्णमानको परिवारमा श्रीमति सितामाया र साना उमेरका दुई छोरि ,एक छोरा छन । घरको कमाउने मान्छेनै बिरामि पर्दा आर्थिक संकटको पहाडले थिचेको छ ।

सकेको आर्थिक सहयोग गर्ने सबैमा पुर्णमानका परिवार हार्दिक कृतज्ञता ब्यक्त गर्दछन । साथै जो कोहिले पनि सकेको सहयोग गर्न अपिल समेत गरेका छन ।                           ________________________________ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here